सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरको चौबीसकोठीमा डेजर्ट डिलाइट्स


  •    न्युजभित्तो/२ बैशाख २०७९, शुक्रबार ११:४९ 
  • भरतपुर,२ बैशाख। खाडी मुलुकमा काम गरेर स्वदेश आएका दुई युवाले भरतपुरको चौबीसकोठीमा डेजर्ट डिलाइट्स रेस्टुरेन्ट खोलेका छन् । दुबई, कतार र साउदीमा रेस्टुरेन्ट क्षेत्रमा सात वर्ष काम गरेर आएका देवघाट निवासी सुमन भट्टराई र विष्णु पाण्डेले ८५ लाख रूपैयाँको लागतमा डेजर्ट डिलाइट्स सञ्चालन गरेका हुन् ।

    रेस्टुरेन्टको बिहीबार उद्घाटन गरिएको हो । उनीहरुले घुम्ती रेस्टुरेन्टबाट पनि सेवा दिएका छन् । घुम्ती रेस्टुरेन्ट बनाउनमात्रै करिब २० लाख लागेको सुमन भट्टराईले बताए । स्पेसल परिकारका रुपमा चिकन सोर्मा र ग्रिल चिकन रहेको उनको भनाइ छ । रेस्टुरेन्टले सात जनालाई रोजगारी पनि दिएको छ ।

    विदेशमा रहँदा देखेको र सिकेको सीपलाई नेपालमा आएर प्रयोग गर्ने प्रयास गरिएको उनी बताउँछन् । एस क्युब इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सनले घुम्ती रेस्टुरेन्ट बनाएको हो । उक्त रेस्टुरेन्ट विभिन्न स्थानमा लगेर पनि सेवा दिन सकिन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.