सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा ट्रक र ट्यांकर ठोक्किदा ५ जना घाइते


  •    न्युजभित्तो/३० चैत्र २०७८, बुधबार १५:४९ 
  • भरतपुर,३० चैत्र।  चितवनमा आइचर ट्रक र डिजेल बोकेको ट्यांकर आपसमा ठोक्किदा पाँच जना घाइते भएका छन् । पूर्वी चितवनको खैरहनीमा आज दिउँसो करिब साढे ११ बजे आइचर ट्रक र डिजेल बोकेको ट्यांकर आपसमा ठोक्किदा पाँच जना घाइते भएका हुन् । खैरहनी नगरपालिका वडा नम्बर ९ बैरेनीचोकस्थित साईबाबा पेट्रोल पम्प अगाडि विरगंजबाट टाँडीतर्फ आइरहेको लु १ ख ६४१८ नम्बरको ट्यांकर र विपरित दिशाबाट जाँदै गरेको ना १ ख ३४३२ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् ।

    ठक्करबाट ट्रक चालक भरतपुर महानगरपालिका–१२ बस्ने ५० वर्षीय गजेन्द्र कुमार गम्भिर घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए ।

    त्यस्तै ट्रकमा सवार रोल्पा जिल्ला रुन्चीगढी गाउँपालिका–१ बस्ने २२ वर्षीय नवराज परियार, रुन्चीगढी–९ बस्ने १९ वर्षीय प्रकाश कामी, दाङ जिल्ला राजपुर गाउँपालिका–६ बस्ने २८ वर्षीय जीतबहादुर बुढा र ट्यांकर चालक रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–१६ बस्ने ३६ वर्षीय मनोहर दगुरिया घाइते भएका छन् । घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको अधिकारीले बताए ।

     

    ना १ ख ३४३२ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.