सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा ट्रक र ट्यांकर ठोक्किदा ५ जना घाइते


  •    न्युजभित्तो/३० चैत्र २०७८, बुधबार १५:४९ 
  • भरतपुर,३० चैत्र।  चितवनमा आइचर ट्रक र डिजेल बोकेको ट्यांकर आपसमा ठोक्किदा पाँच जना घाइते भएका छन् । पूर्वी चितवनको खैरहनीमा आज दिउँसो करिब साढे ११ बजे आइचर ट्रक र डिजेल बोकेको ट्यांकर आपसमा ठोक्किदा पाँच जना घाइते भएका हुन् । खैरहनी नगरपालिका वडा नम्बर ९ बैरेनीचोकस्थित साईबाबा पेट्रोल पम्प अगाडि विरगंजबाट टाँडीतर्फ आइरहेको लु १ ख ६४१८ नम्बरको ट्यांकर र विपरित दिशाबाट जाँदै गरेको ना १ ख ३४३२ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् ।

    ठक्करबाट ट्रक चालक भरतपुर महानगरपालिका–१२ बस्ने ५० वर्षीय गजेन्द्र कुमार गम्भिर घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए ।

    त्यस्तै ट्रकमा सवार रोल्पा जिल्ला रुन्चीगढी गाउँपालिका–१ बस्ने २२ वर्षीय नवराज परियार, रुन्चीगढी–९ बस्ने १९ वर्षीय प्रकाश कामी, दाङ जिल्ला राजपुर गाउँपालिका–६ बस्ने २८ वर्षीय जीतबहादुर बुढा र ट्यांकर चालक रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–१६ बस्ने ३६ वर्षीय मनोहर दगुरिया घाइते भएका छन् । घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको अधिकारीले बताए ।

     

    ना १ ख ३४३२ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.