सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सौराहामा आजदेखि फुड फेस्टिवल, कानुनमन्त्री खनालले उद्घाटन गर्ने


  •    न्युजभित्तो/३० चैत्र २०७८, बुधबार १४:१८ 
  • सौराहा,३० चैत। चितवनको पर्यटकीय नगरी सौराहामा आज बुधबारदेखि १६औँ सौराहा फुड फेस्टिवल सुरू हुँदैछ ।

    नेपाली नयाँ वर्षको अवसरमा रेस्टुरेण्ट एण्ड वार एसोसिएसन नेपाल रेवान सौराहाले आयोजना गरेको फेस्टिवलको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले बेलुकी ४ बजे उद्घाटन गर्ने छन् । प्रणय दिवसको अवसरमा आयोजना हुँदै आइरहेको फुड फेष्टिवल यस पटक चैत ३० देखि वैशाख २ गतेसम्म सञ्चालन हुने कार्यक्रम संयोजक ध्रुव गिरीले जानकारी दिए ।

    उनले अहिले कोरोना संक्रमण घट्दै गइरहेको र पर्यटन व्यवसाय पनि सुचारु भएकोले नेपाली नयाँ वर्षमा फेष्टिवल आयोजना गरिएको बताए । फेष्टिवलका लागि सौराहाको मुख्य बजार सजाइएको छ । नयाँ वर्ष मनाउन र फेस्टिवलमा रमाउन स्वदेशी तथा विदेशी पर्यटकहरु सौराहा आएका छन् । फेस्टिवल सुरु नहुँदै सौराहा पर्यटकले भरिएको छ ।

    फेष्टिवलमा स्थानीय, स्वदेशी तथा विदेशी खानाको परिकार रहने छ । त्यस्तै स्थानीय कला, संस्कृति र भेषभूषाको जगेर्नाका लागि फेष्टिवल केन्द्रित रहेको बताइएको छ । यो संस्करणको मुख्य आकर्षणमा विभिन्न जातजाति, आमा समूहलगायत अन्य संघसंस्थाको झाँकी प्रदर्शन तथा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने रेवान सौराहाका अध्यक्ष नरेश गिरीले जानकारी दिए ।

    उनले कार्यक्रम अवधिभर कार्यक्रमस्थलदेखि सौराहा ड्याकसम्म हरेक दिन बेलुका जनजातिहरुको झाँकी प्रदर्शन गरिने बताए । चितवनको पर्यटन प्रवर्द्धनका लागि आयोजना गरिएको फेस्टिवलको सम्पूर्ण तयारी पूरा भएको रेवानका महासचिव सूर्यबहादुर रिमालले बताए । फेष्टिवल उद्घाटन हुनुपूर्व सौराहामा भव्य शोभायात्रा निकाल्ने तयारी गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.