सौराहामा आजदेखि फुड फेस्टिवल, कानुनमन्त्री खनालले उद्घाटन गर्ने
न्युजभित्तो/३० चैत्र २०७८, बुधबार १४:१८
सौराहा,३० चैत। चितवनको पर्यटकीय नगरी सौराहामा आज बुधबारदेखि १६औँ सौराहा फुड फेस्टिवल सुरू हुँदैछ ।
नेपाली नयाँ वर्षको अवसरमा रेस्टुरेण्ट एण्ड वार एसोसिएसन नेपाल रेवान सौराहाले आयोजना गरेको फेस्टिवलको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले बेलुकी ४ बजे उद्घाटन गर्ने छन् । प्रणय दिवसको अवसरमा आयोजना हुँदै आइरहेको फुड फेष्टिवल यस पटक चैत ३० देखि वैशाख २ गतेसम्म सञ्चालन हुने कार्यक्रम संयोजक ध्रुव गिरीले जानकारी दिए ।
उनले अहिले कोरोना संक्रमण घट्दै गइरहेको र पर्यटन व्यवसाय पनि सुचारु भएकोले नेपाली नयाँ वर्षमा फेष्टिवल आयोजना गरिएको बताए । फेष्टिवलका लागि सौराहाको मुख्य बजार सजाइएको छ । नयाँ वर्ष मनाउन र फेस्टिवलमा रमाउन स्वदेशी तथा विदेशी पर्यटकहरु सौराहा आएका छन् । फेस्टिवल सुरु नहुँदै सौराहा पर्यटकले भरिएको छ ।
फेष्टिवलमा स्थानीय, स्वदेशी तथा विदेशी खानाको परिकार रहने छ । त्यस्तै स्थानीय कला, संस्कृति र भेषभूषाको जगेर्नाका लागि फेष्टिवल केन्द्रित रहेको बताइएको छ । यो संस्करणको मुख्य आकर्षणमा विभिन्न जातजाति, आमा समूहलगायत अन्य संघसंस्थाको झाँकी प्रदर्शन तथा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने रेवान सौराहाका अध्यक्ष नरेश गिरीले जानकारी दिए ।
उनले कार्यक्रम अवधिभर कार्यक्रमस्थलदेखि सौराहा ड्याकसम्म हरेक दिन बेलुका जनजातिहरुको झाँकी प्रदर्शन गरिने बताए । चितवनको पर्यटन प्रवर्द्धनका लागि आयोजना गरिएको फेस्टिवलको सम्पूर्ण तयारी पूरा भएको रेवानका महासचिव सूर्यबहादुर रिमालले बताए । फेष्टिवल उद्घाटन हुनुपूर्व सौराहामा भव्य शोभायात्रा निकाल्ने तयारी गरिएको छ ।