सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रचण्डले हटाए माओवादीको चुनावी पोष्टरवाट कुलमानको तस्वीर


  •    न्युजभित्तो/३० चैत्र २०७८, बुधबार १३:१६ 
  • काठमाडौँ,३० चैत्र। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सामाजिक संजाल फेसबुक पेजमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो राखेर सेयर गरेर पोष्टरवाट कुलमानको फोटो हटाएका छन् ।

    आज बिहान प्रचण्डले उक्त पोष्ट गरेपछि नेपालपत्रमा हामीले ‘कुलमानको फोटो राखेर माओवादीले माग्यो चुनावमा भोट‘ शिर्षक राखेर समाचार प्रकाशित गरेका थियौं । प्रचण्डले आफ्नो फोटो, अर्थमन्त्री समेत रहेका पूर्वउर्जामन्त्री जनार्दन शर्मा र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको फोटोसहितको चुनावी पोष्टर सामाजिक संजालमा पोष्ट गरेका थिए ।

    प्रचण्डको उक्त पोष्टको संचारमाध्यम र सामाजिक संजाल पनि चर्को आलोचना शुरु भएको थियो । यसरी कुनै राजनीतिक दलको चुनावी प्रचार-प्रसारको लागि सरकारी कर्मचारीको फोटो पोष्टरमा दुरुपयोग गर्नु शोभनीय कदापी पनि हुँदैन । राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्रमा देखाइएका सपनाहरु सरकारमा हुँदा र नहुँदा पनि स्थापित गराएर जनताको मन जित्न सक्नुपर्छ ।

    अहिले प्रचण्डले अर्थमन्त्री समेत रहेका पूर्वउर्जामन्त्री शर्मा र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको फोटो हटाएर पोष्टरमा आफ्नो मात्र फोटो राखेर उक्त पोष्टलाई सम्पादन गरेका छन् । विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले आफ्नो जानकारी नगराई माओवादीको चुनावी पोस्टरमा आफ्नो तस्बिर प्रयोग भएकोमा उक्त तस्बिर हटाउनका लागि उनले माओवादीलाई आग्रह गरेकोले उक्त पोष्टरवाट कुलमान र जनार्दन शर्माको फोटो हटाइएको बुझिएको छ ।

    माओवादी केन्द्रले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको फोटो राखेर आसन्न स्थानीय निर्वाचनको प्रचार-प्रसार शुरु गरेको थियो । माओवादीले अव ‘अँध्यारोवाट उज्यालोको यात्रा’ भएको भन्दै देश विकासको सपना अघि सारेको छ ।

    आज विहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो सामाजिक संजाल फेसबुक पेजमार्फत स्थानीय निर्वाचनमा भोट माग्दै लोडसेडिङ अन्त्य एउटा फड्को भएको र माओवादीले चुनाव जितेमा अब पालो नि:शुल्क बिजुली दिने समेत बताएका थिए ।

    ‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो नि:शुल्क बिजुलीको’ भन्ने नारासहितको ब्यानरमा माओवादी अध्यक्ष प्रचण्ड, अर्थमन्त्री समेत रहेका पूर्वउर्जामन्त्री जनार्दन शर्मा र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको फोटो पनि राखिएको थियो ।

    स्मरण रहोस् की विगतमा प्रचण्ड नेतृत्वको सरकारमा उर्जामन्त्री भएका शर्मा र विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक घिसिङको अगुवाईमा शुरुमा काठमाडौं उपत्यका र पछि देशलाई नै लोडसेडिङ्गमुक्त गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.