पश्चिमी र स्थानीय वायुको प्रभावले वर्षाको सम्भावना
न्युजभित्तो/२९ चैत्र २०७८, मंगलवार ०७:५०
काठमाण्डौं, २९ चैत । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।
मंगलबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
यता बुधबार पनि प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। पहाडी भूभागहरूका केही र तराई भेगका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। त्यस्तै बिहीबार देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। पहाडी भूभागहरूका केही र तराई भेगका थोरै स्थानहरूमा मेघ गर्जन । चट्याङसहित वर्षाको सम्भावना रहेको छ।