सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

द्वन्द्वपीडित महिलाको गुनासो– ‘महानगरले बिर्सियो, मलाई थाहै भएन’


  •    न्युजभित्तो/२८ चैत्र २०७८, सोमबार १०:५० 
  • भरतपुर,२८ चैत्र । भरतपुर महानगरभित्र स्थायी बसोवास गर्ने विभिन्न राजनीतिक परिवर्तनमा सहभागी शहीद तथा बेपत्ता परिवारलाई महानगरले आर्थिक सहायता हस्तान्तरण तथा सम्मान गर्‍यो । केही दिनअघि औपचारिक कार्यक्रम गरी मेयर रेनु दाहालले द्वन्द्वपीडित परिवारलाई सहयोग प्रदान गरिन्, साथमा उनीहरुको योगदानलाई सम्झेर सम्मान पनि भयो । तर, भरतपुर–१० स्थित स्याउलीबजारमा स्थायी बसोवास रहेकी सुकुमाया त्यो अवसरबाट वञ्चित बनिन् ।

    महानगरले गरेको सम्मान र सहयोगबारे मलाई थाहा भएन’, उनले भनिन् । कार्यक्रमका सम्बन्धमा विभिन्न सञ्चारमाध्यमबाट सूचना सार्वजनिक गरिएको थियो, तर निरक्षर उनले त्यो खबर पाइनन् । उनी द्वन्द्वपीडित हुन् भन्ने कुरा द्वन्द्वपीडित धेरै जनालाई थाहा पनि छ, तर कसैले सूचना दिएनन् । हालसम्म उनले सरकारबाट कुनै सहयोग पाएकी छैनन् । बेपत्ता परिवारको व्यक्ति भनी गृह मन्त्रालयले आर्थिक सहयोग गर्ने भनिएको छ, तर उनले पाएकी छैनन् । ‘घरदैलोको स्थानीय सरकारले पनि बिर्सिंदा दुःख लागेको छ’, उनले भनिन् ।

    राज्य व्यवस्था फेर्नका लागि कलिलै उमेरमा विद्रोही बनेर हिँडेका जीतबहादुर राई बेपत्ता भएको १८ वर्ष भयो । बेपत्ता हुँदा उनको उमेर १५ वर्ष थियो । आमा सुकुमाया राई १४ वर्षको छोरा जीतबहादुर बोकेर रौतहटबाट चितवन आइन् । १८ वर्षदेखि नै उनी यहीँ बसोवास गरिरहेकी छन् ।

    माओवादी केन्द्र महानगरका प्रमुख सुमन सापकोटाले सूचना सार्वजनिक गरिएको र कोही छिटपुट भएमा पुनः कार्यक्रममा समावेश गर्न सकिने बताए । वडा तहमा सूचना दिइएको महानगरकी सूचना अधिकारी मेनका पण्डितले बताइन् । आवश्यक कार्यविधि बनाएर कार्यक्रम लागू गरिएको उनको भनाइ छ ।

    महानगरका प्रवक्ता एवं वडा–१० का अध्यक्ष अरूणपीडित भण्डारीले सुकुमाया छुट्न नहुने भन्दै के–कसरी छुटेको हो खोजबिन गरेर सहायता दिलाउने बताए । राज्यले गठन गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सुकुमायालाई परिचयपत्र दिएको छ । परिवार वियोग भोगेकी उनी अहिले नातागोताकै मान्छेको सहारामा बस्छिन् । बेपत्ता तथा शहीद परिवारका बारेमा शान्ति मन्त्रालयबाट विवरण नै झिकाइएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.