द्वन्द्वपीडित महिलाको गुनासो– ‘महानगरले बिर्सियो, मलाई थाहै भएन’
न्युजभित्तो/२८ चैत्र २०७८, सोमबार १०:५०
भरतपुर,२८ चैत्र । भरतपुर महानगरभित्र स्थायी बसोवास गर्ने विभिन्न राजनीतिक परिवर्तनमा सहभागी शहीद तथा बेपत्ता परिवारलाई महानगरले आर्थिक सहायता हस्तान्तरण तथा सम्मान गर्यो । केही दिनअघि औपचारिक कार्यक्रम गरी मेयर रेनु दाहालले द्वन्द्वपीडित परिवारलाई सहयोग प्रदान गरिन्, साथमा उनीहरुको योगदानलाई सम्झेर सम्मान पनि भयो । तर, भरतपुर–१० स्थित स्याउलीबजारमा स्थायी बसोवास रहेकी सुकुमाया त्यो अवसरबाट वञ्चित बनिन् ।
महानगरले गरेको सम्मान र सहयोगबारे मलाई थाहा भएन’, उनले भनिन् । कार्यक्रमका सम्बन्धमा विभिन्न सञ्चारमाध्यमबाट सूचना सार्वजनिक गरिएको थियो, तर निरक्षर उनले त्यो खबर पाइनन् । उनी द्वन्द्वपीडित हुन् भन्ने कुरा द्वन्द्वपीडित धेरै जनालाई थाहा पनि छ, तर कसैले सूचना दिएनन् । हालसम्म उनले सरकारबाट कुनै सहयोग पाएकी छैनन् । बेपत्ता परिवारको व्यक्ति भनी गृह मन्त्रालयले आर्थिक सहयोग गर्ने भनिएको छ, तर उनले पाएकी छैनन् । ‘घरदैलोको स्थानीय सरकारले पनि बिर्सिंदा दुःख लागेको छ’, उनले भनिन् ।
राज्य व्यवस्था फेर्नका लागि कलिलै उमेरमा विद्रोही बनेर हिँडेका जीतबहादुर राई बेपत्ता भएको १८ वर्ष भयो । बेपत्ता हुँदा उनको उमेर १५ वर्ष थियो । आमा सुकुमाया राई १४ वर्षको छोरा जीतबहादुर बोकेर रौतहटबाट चितवन आइन् । १८ वर्षदेखि नै उनी यहीँ बसोवास गरिरहेकी छन् ।
माओवादी केन्द्र महानगरका प्रमुख सुमन सापकोटाले सूचना सार्वजनिक गरिएको र कोही छिटपुट भएमा पुनः कार्यक्रममा समावेश गर्न सकिने बताए । वडा तहमा सूचना दिइएको महानगरकी सूचना अधिकारी मेनका पण्डितले बताइन् । आवश्यक कार्यविधि बनाएर कार्यक्रम लागू गरिएको उनको भनाइ छ ।
महानगरका प्रवक्ता एवं वडा–१० का अध्यक्ष अरूणपीडित भण्डारीले सुकुमाया छुट्न नहुने भन्दै के–कसरी छुटेको हो खोजबिन गरेर सहायता दिलाउने बताए । राज्यले गठन गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सुकुमायालाई परिचयपत्र दिएको छ । परिवार वियोग भोगेकी उनी अहिले नातागोताकै मान्छेको सहारामा बस्छिन् । बेपत्ता तथा शहीद परिवारका बारेमा शान्ति मन्त्रालयबाट विवरण नै झिकाइएको थियो ।