सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाघको आक्रमणबाट नौ महिनामा तीन जनाको मृत्यु, एक घाइते


  •    न्युजभित्तो/२७ चैत्र २०७८, आईतवार १२:१५ 
  • खैरहनी,२७ चैत्र । खैरहनीस्थित कुमरोज सामुदायिक वनमा बाघको आक्रमणबाट शनिबार एक पुरूषको मृत्यु भएको छ । योसँगै सो सामुदायिक वनमा बाघको आक्रमणबाट नौ महिनाको अवधिमा तीन जनाको ज्यान गएको छ । सो समयमा एक जना घाइते भएका छन् ।

    शनिबार बिहान घाँस काट्न वन छिरेका खैरहनी–१२ जनकपुरका ६२ वर्षीय रामप्रसाद धमलाको बाघको आक्रमणमा परी मृत्यु भएको हो । जनकपुर पोष्ट नजिक धमलासहित चार जनाको समूहमा घाँस काट्न गएका थिए ।

    आक्रमणपश्चात् बाघले धमलालाई केही पर लगेको थियो । धमलाको खोजी गर्ने क्रममा बाघले मारेर पछाडिको भाग खाएको अवस्थामा फेला पारेको कुमरोज सामुदायिक वनका अध्यक्ष गणेशकुमार श्रेष्ठले जानकारी दिए ।

    धमलालाई बाघले लगेपछि पिछा लाग्ने क्रममा बाघले पुनः उनीसँगै गएकाहरुलाई आक्रमणको प्रयास गरेपछि उनीहरु भाग्न सफल भएका थिए । धमलालाई आक्रमण गर्ने बाघको खोजी भए पनि फेला पार्न नसकिएको अध्यक्ष श्रेष्ठले बताए ।

    धमलालाई बाघले आक्रमण गरेको कुमरोज वनमा यसैवर्ष चौथो घटना हो । गत साउन २५ गते खैरहनी–१३ का भदै महतोको बाघको आक्रमणबाट ज्यान गएको थियो ।

    असोज १९ गगते वडा नम्बर १३ कै दिनेश बोटको पनि बाघको आक्रमणमा परी ज्यान गयो । फागुन १७ गते बाघको आक्रमणबाट वडा नम्बर १३ कै दिलबहादुर तामाङ घाइते भए ।

    यी सबै घटना वनभित्र घाँस काट्न गएका बेला भएका हुन् । वनका अध्यक्ष श्रेष्ठ बिहानको सममा घाँस दाउरा गर्न जान नहुने बताउँछन् । ‘बाघ राप्तीवारि सिकार गर्न आएर बिहान फर्कन्छ, त्यही बेला आक्रमणका घटना भएका छन्’, वनका अध्यक्ष श्रेष्ठले भने – ‘दिउँसोको समयमा घाँस काट्न जाँदा आक्रमण हुने सम्भावना कम हुन्छ ।’

    बाघले आक्रमण गरेपछि सामुदायिक वनले अर्को सूचना जारी नभएसम्मका लागि वन प्रवेशमा रोक लगाएको छ । शनिबार अध्यक्ष श्रेष्ठको हस्ताक्षरमा जारी गरिएको सूचनामा बाघको पहिचान र नियन्त्रणका लागि क्यामेरा जडान गर्न लागिएकाले वन प्रवेशमा रोक लगाइएको उल्लेख छ ।

    वनभित्र घाँस, सोतर, स्याउला संकलन गर्न नजान आग्रह गरिएकोमा सो आग्रह अटेर गरी वन प्रवेश गर्दा कुनै घटना भए आफैँ जिम्मेवार हुनुपर्ने बताइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.