सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरको दुर्गा चोकका भीमबहादुर विकको मृत्यु भवितव्य : अदालत


  •    न्युजभित्तो/२६ चैत्र २०७८, शनिबार १४:५३ 
  • चितवन, २६ चैत । भरतपुर महानगरपालिका वडा नं. ४ दुर्गाचोकमा स्थानीय ५८ बर्षका भीमबहादुर विकको कुटपिटबाट हत्या भएको घटनालाई चितवन जिल्ला अदालतले भवितव्य ठहर गरेको छ । आवेशप्रेरित हत्या भनी मुद्दा चलाइएकोमा जिल्ला अदालतले भवितव्यमा ज्यान गएको ठहर गरेको हो ।

    न्यायाधीश गायत्री रेग्मीको इजलासले शुक्रबार गरेको फैसलाअनुसार आरोपित सीताराम बस्नेतले सफाइ पाएका छन् भने अर्का आरोपित दिलीप श्रेष्ठलाई ६ महिना कैद सजाय तोकिएको अदालतका सूचना अधिकारी श्रेस्तेदार ईश्वर आचार्यले जानकारी दिए ।

    प्रहरी हिरासतमा बसेको दिनदेखि कैद समय गणना हुने हुँदा श्रेष्ठको कैद अवधि चैत २८ गते ६ महिना पुग्ने देखिन्छ । हालसम्म दुवै आरोपित पुर्पक्षका लागि थुनामा छन् ।

    दुवै आरोपितलाई कात्तिक २२ गते पुर्पक्षका लागि थुनामा पठाइएको थियो । प्रहरीले घटना भएकै दिन त्यसमा संलग्न भनिएका ४० वर्षीय सीताराम बस्नेत र ३६ वर्षीय दिलीप श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो । दिलिप पल्लवी फार्मेसीका सञ्चालक हुन् ।

    केही दलित अधिकारकर्मीले मन्दिर पस्न खोज्दा, बलि चढाउन माग गर्दा भीमबहादुर माथि कुटपिट र त्यसपछि हत्या भएको दावी गर्दै आन्दोलन गरेका थिए । तर, जातीय विभेद हुने कुनै पनि प्रमाण र तथ्य नभेटेको प्रहरीले बताउँदै आएको थियो । मृतकका छोरा २८ बर्षका किसन बिकले लेखेको जाहेरीमा समेत जातीय विभेद सम्वन्धी विषय उल्लेख थिएन ।

    भीमबहादुरमाथि आरोपित सीताराम र दीलिपले कुटपिट बताउँदै आएका थिए । उनीहरुले जाँडरक्सी खाएर होहल्ला गरेकाले कुटपिट गरेको बताएका थिए । पोष्टमार्टम रिपोर्टमा भीमबहादुरको मृत्यु टाउकोमा लागेको चोटकै कारण भएको उल्लेख थियो ।

    मृतकको परिवारले गृह मन्त्रालयबाट १० लाख रूपैयाँ राहत रकम पाएका छन् । राहत रकम र दोषीलाई कानुनी कारबाहीको माग गर्दै परिवारले भीमको शव बुझेको थिएन । घटना भएको तीन महिनापछि मात्र आफन्तले शव बुझेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.