सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरको दुर्गा चोकका भीमबहादुर विकको मृत्यु भवितव्य : अदालत


  •    न्युजभित्तो/२६ चैत्र २०७८, शनिबार १४:५३ 
  • चितवन, २६ चैत । भरतपुर महानगरपालिका वडा नं. ४ दुर्गाचोकमा स्थानीय ५८ बर्षका भीमबहादुर विकको कुटपिटबाट हत्या भएको घटनालाई चितवन जिल्ला अदालतले भवितव्य ठहर गरेको छ । आवेशप्रेरित हत्या भनी मुद्दा चलाइएकोमा जिल्ला अदालतले भवितव्यमा ज्यान गएको ठहर गरेको हो ।

    न्यायाधीश गायत्री रेग्मीको इजलासले शुक्रबार गरेको फैसलाअनुसार आरोपित सीताराम बस्नेतले सफाइ पाएका छन् भने अर्का आरोपित दिलीप श्रेष्ठलाई ६ महिना कैद सजाय तोकिएको अदालतका सूचना अधिकारी श्रेस्तेदार ईश्वर आचार्यले जानकारी दिए ।

    प्रहरी हिरासतमा बसेको दिनदेखि कैद समय गणना हुने हुँदा श्रेष्ठको कैद अवधि चैत २८ गते ६ महिना पुग्ने देखिन्छ । हालसम्म दुवै आरोपित पुर्पक्षका लागि थुनामा छन् ।

    दुवै आरोपितलाई कात्तिक २२ गते पुर्पक्षका लागि थुनामा पठाइएको थियो । प्रहरीले घटना भएकै दिन त्यसमा संलग्न भनिएका ४० वर्षीय सीताराम बस्नेत र ३६ वर्षीय दिलीप श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो । दिलिप पल्लवी फार्मेसीका सञ्चालक हुन् ।

    केही दलित अधिकारकर्मीले मन्दिर पस्न खोज्दा, बलि चढाउन माग गर्दा भीमबहादुर माथि कुटपिट र त्यसपछि हत्या भएको दावी गर्दै आन्दोलन गरेका थिए । तर, जातीय विभेद हुने कुनै पनि प्रमाण र तथ्य नभेटेको प्रहरीले बताउँदै आएको थियो । मृतकका छोरा २८ बर्षका किसन बिकले लेखेको जाहेरीमा समेत जातीय विभेद सम्वन्धी विषय उल्लेख थिएन ।

    भीमबहादुरमाथि आरोपित सीताराम र दीलिपले कुटपिट बताउँदै आएका थिए । उनीहरुले जाँडरक्सी खाएर होहल्ला गरेकाले कुटपिट गरेको बताएका थिए । पोष्टमार्टम रिपोर्टमा भीमबहादुरको मृत्यु टाउकोमा लागेको चोटकै कारण भएको उल्लेख थियो ।

    मृतकको परिवारले गृह मन्त्रालयबाट १० लाख रूपैयाँ राहत रकम पाएका छन् । राहत रकम र दोषीलाई कानुनी कारबाहीको माग गर्दै परिवारले भीमको शव बुझेको थिएन । घटना भएको तीन महिनापछि मात्र आफन्तले शव बुझेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.