सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा दुई म्याजिक ठोकिंदा आठ जना घाईते


  •    न्युजभित्तो/२६ चैत्र २०७८, शनिबार १०:१३ 
  • चितवन, २६ चैत । भरतपुर महानगरपालिका वडा नं. १४ लाफाचोकमा दुई वटा म्याजिक एकआपसमा ठक्कर खाँदा आठ जना घाईते भएका छन् । आज बिहान ८ बजेको समयमा उक्त दुर्घटना भएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पटिहानीबाट गीतानगरतर्फ आउँदै गरेको ना १ ज ६१८८ नम्बरको म्याजिक र विपरित दिशाबाट जाँदै गरेको ना १ ज ४१८१ नम्बरको म्याजिक एकआपसमा ठक्कर खाएका हुन् ।

    घटनामा परी ना १ ज ४१८१ नम्बरको म्याजिक चालक सहित दुबै म्याजिकमा सवार ८ जना घाईते भएको प्रहरीले न्यूजभित्तोलाई जनाएको छ । घाइते हुनेहरुमा पोखरा १५ नयाँगाउँकी ५० वर्षिया कृष्णमाँया सापकोटा, भरतपुर ९ शरदपुर की ४७ वर्षिया सरस्वती देवकोटा, भरतपुर ८ गौरिगन्जका १८ वर्षिय प्रबिण ढकाल, भरतपुर ८ का १४ वर्षिय सुशिल देवकोटा, २७ वर्षिय सन्जय सापकोटा, १६ वर्षिया सलिना देवकोटा र ३४ वर्षिया अन्जु थपलिया रहेका छन् । उनीहरुको भरतपुरस्थित एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचार र्भइरहेको छ ।

    दुबै सवारी साधन र ना १ ज ६१८८ नम्बरको म्याजिक चालक ईलाका प्रहरी कार्यालय गितानगरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.