सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा दुई म्याजिक ठोकिंदा आठ जना घाईते


  •    न्युजभित्तो/२६ चैत्र २०७८, शनिबार १०:१३ 
  • चितवन, २६ चैत । भरतपुर महानगरपालिका वडा नं. १४ लाफाचोकमा दुई वटा म्याजिक एकआपसमा ठक्कर खाँदा आठ जना घाईते भएका छन् । आज बिहान ८ बजेको समयमा उक्त दुर्घटना भएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पटिहानीबाट गीतानगरतर्फ आउँदै गरेको ना १ ज ६१८८ नम्बरको म्याजिक र विपरित दिशाबाट जाँदै गरेको ना १ ज ४१८१ नम्बरको म्याजिक एकआपसमा ठक्कर खाएका हुन् ।

    घटनामा परी ना १ ज ४१८१ नम्बरको म्याजिक चालक सहित दुबै म्याजिकमा सवार ८ जना घाईते भएको प्रहरीले न्यूजभित्तोलाई जनाएको छ । घाइते हुनेहरुमा पोखरा १५ नयाँगाउँकी ५० वर्षिया कृष्णमाँया सापकोटा, भरतपुर ९ शरदपुर की ४७ वर्षिया सरस्वती देवकोटा, भरतपुर ८ गौरिगन्जका १८ वर्षिय प्रबिण ढकाल, भरतपुर ८ का १४ वर्षिय सुशिल देवकोटा, २७ वर्षिय सन्जय सापकोटा, १६ वर्षिया सलिना देवकोटा र ३४ वर्षिया अन्जु थपलिया रहेका छन् । उनीहरुको भरतपुरस्थित एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचार र्भइरहेको छ ।

    दुबै सवारी साधन र ना १ ज ६१८८ नम्बरको म्याजिक चालक ईलाका प्रहरी कार्यालय गितानगरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.