सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तस्वीरमा हेर्नुहोस् काठमाडौंको खुलामञ्चमा राप्रपाले गरेको शक्ति प्रदर्शन


  •    न्युजभित्तो/२५ चैत्र २०७८, शुक्रबार १६:०६ 
  • काठमाडौँ,२५ चैत। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको खुलामञ्चमा आज शक्ति प्रदर्शन गरेको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गरेको बेला राप्रपाले खुलामञ्चमा बृहत आमसभा गरेर प्रदर्शन गरेको हो ।

    राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार उक्त आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षहरू पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीलगायत नेताहरुले सम्बोधन गर्दै छन् ।

    गत मंसिरमा भएको राप्रपा महाधिवेशनबाट कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका थिए । लिङ्देन अध्यक्ष बनेपछि राप्रपाले पहिलो पटक काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो ।

    यसअघि काठमाडौं उपत्यका बाहिर दिनहुँ आमसभा गरिरहेको आज राजधनी काठमाडौंमा बृहत आमसभालाई भव्य, व्यवस्थित र विशाल बनाएको हो । पार्टीको बागमती प्रदेश समितिले आमसभाको आयोजना गरेको हो ।

    लामो समय देशको नेतृत्व गरेका राजनीतिक दलको असफलता, भ्रष्टाचार नियन्त्रण, रोजगारीको सिर्जना, जनजीविकाको सवालमा ति दलको उदासीनता र राष्ट्रिय राजनीतिमा राप्रपाको स्पष्ट दृष्टिकोण एवं राप्रपाले पार्टीको नेतृत्व परिवर्तन गरेको अवस्थामा राप्रपाप्रति जनताको आशा, विश्वास र भरोसा बढिरहेको प्रवक्ता श्रेष्ठ दाबी गरेका छन् ।

    स्थानीय तहको निर्वाचनको सरगर्मी बढ्दै जाँदा राप्रपाले आक्रामक ढंगबाट सभा गरिरहेको र पार्टी प्रवेश गराउने कामलाई तीव्रता दिइएको श्रेष्ठले बताएका छन् । राप्रपा महाधिवेशनमा पराजित भएका थापाले भने राप्रपा नेपाल पार्टी गठन गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.