सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भोलि भरतपुरमा साइक्लिङ म्याराथन हुने


  •    न्युजभित्तो/२५ चैत्र २०७८, शुक्रबार १२:३३ 
  • भरतपुर,२५ चैत्र । भरतपुरमा साइक्लिङ म्याराथन हुने भएको छ । भोलि शनिबार प्रज्ञा स्मृति प्रतिष्ठान र प्रदेश खेलकुद विकास परिषद वागमती प्रदेशको साझेदारीमा साइक्लिङ म्याराथन हुन लागेको हो ।

    प्रतियोगिताका संयोजक सन्तकुमार दरैका अनुसार नारायणी नदी किनार नारायणगढबाट सुरु हुने साइक्लिङ प्रतियोगिता भोलि शनिबार बिहान ७ बजेबाट सुरु भई ९ बजे समापन गरिनेछ । आज शुक्रबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा संयोजक दरैले भने, ‘जहाँबाट प्रतियोगिता सुरु भएको थियो, समापन पनि त्यही ठाउँमा हुन्छ । ६५ किमीको साइक्लिङ यात्रा हुन्छ ।’

    नारायणी तिरबाट सुरु भएको साइक्लिङ यात्रा गीतानगर, पार्वतीपुर, अमृतचोक, मेघौली हुँदै ज्योतिनगर, सिमरी टाउन, राधाकृष्ण टोल, घनघने चोक, सानोगढी हुँदै शिवघाटबाट नारायणी नदी किनारमै आएर समापन हुने साइक्लिङ एसोसिएसनका उपाध्यक्ष सुदीप पौडेलले जानकारी दिए ।

    प्रतियोगितामा उत्कृष्ट भएका १० जनालाई ४५ हजारदेखि ५ हजारसम्म नगदसहितका पुरस्कारको व्यवस्था गरिएको छ । माउन्टेन साइकल भएका १९ वर्षमाथिका जोकोहीले यस प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् ।

    पत्रकार सम्मेलनमा अध्यक्षता गरेकी भरतपुर महानगर प्रमुख रेनु दाहालले दिदी ज्ञानु दाहाल र भाई प्रकाश दाहालको स्मृतिमा प्रज्ञा स्मृति प्रतिष्ठान गठन गरिएको र सोही प्रतिष्ठानले भरतपुरलाई साइकल सिटीको रुपमा चिनाउन नितान्त सेवाको भावनाबाट साइक्लिङ प्रतियोगिता आयोजना गरेको बताइन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.