सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रमको सम्म्झौता


  •    न्युजभित्तो/२५ चैत्र २०७८, शुक्रबार ११:२५ 
  • चितवन,२५ चैत्र। भरतपुर महानगरपालिकाभित्र रहेका विद्यालयमा स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रमको सम्झौता भएको छ ।

    महानगरपालिका र जिल्ला प्रहरी कार्यालयले शुक्रबार यहाँ आयोजना गरेको शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि चेतनामूलक विद्यालय पाठ्यसामग्री २०७८ सम्बन्धी अभिमुखीकरण एवं समझदारीपत्रमा हस्ताक्षर समारोहमा महानगरका विद्यालयका प्रध्यानाध्यापकले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

    महानगर प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीको रोहवरमा विद्यालयका प्रध्यानाध्यापक, जिल्ला प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी र महानगरको शैक्षिक महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा हस्ताक्षरपछि शैक्षिक संस्थाको नेतृत्वका लागि चेतनामूलक विद्यालय पाठ्यसामग्रीसमेत सार्वजनिक गरिएको थियो ।

    सामग्री सार्वजनिकसँगै हरेक विद्यालयका प्रध्यानाध्यापकलाई पुस्तकसमेत हस्तान्तरण गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले पछिल्ला समयमा विद्यालयमा हुने गरेका अपराध नियन्त्रणका लागि यो पाठ्यसामग्री तयार गरिएको बताए । उनले भने, “यो पुस्तक अपराध नियन्त्रणका लागि महत्वपूर्ण बन्ने छ ।”

    पछिल्ला दिनमा विद्यालयमा हुने गरेका यौन हिंसाका घटना र आपराधिक क्रियाकलाप नियन्त्रणका लागि विद्यालयका प्रध्यानाध्यापकसँग सम्झौतापत्रमा हस्ताक्षर गरिएको उनको भनाइ थियो ।

    सो अवसरमा महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले समाजमा हुने अपराध नियन्त्रणमा पाठ्यसामग्री बहुउपयोगी बन्ने बताए । सामाजमा हुने गरेका अपराध नियन्त्रणमा सहयोगी पुस्तक पाठ्यसामग्री विद्यालयमा पु¥याउनु महत्त्वपूर्ण काम भएको उनको भनाइ छ ।

    प्रमुख जिल्ला अधिकारी तामाङले समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग गर्न विद्यालयलाई आग्रह गरे । विद्यालयमा हुने अपराध र विद्यार्थीलाई प्रयोग गरेर गरिने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि यो पाठ्यसामग्री महत्त्वपूर्ण हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख अधिकारीले बताए । अहिले ठूलो सङ्ख्यामा बालबालिका लागुऔषधको प्रयोगकर्ताका रूपमा रहेको भन्दै उनले यसलाई रोक्नका लागि प्रहरी–विद्यालय सम्पर्क समिति गठन गर्नसमेत अनुरोध गरे । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.