सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धादिङमा राजमार्गका होटलबाट गाँजा बरामद


  •    न्युजभित्तो/२४ चैत्र २०७८, बिहीबार १६:५६ 
  • धादिङ,२४ चैत्र । धादिङको राजमार्ग क्षेत्रका होटलहरुमा निर्वाधरुपमा बिक्री वितरण हुँदै आइरहेको लागूऔषध गाँजा नियन्त्रणका लागि प्रहरीले विशेष अभियान सुरु गरेको छ ।

    अभियानको क्रममा प्रहरीले धादिङको गजुरी गाउँपालिका पर्ने पृथ्वीराजमार्ग छेउछाउका चिया नास्ता पसल तथा होटलहरुबाट २५ किलो लागूऔषध गाँजासहित तीन जना नियन्त्रणमा लिएको छ ।

    इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालका अनुसार प्रहरीले गजुरी गाउँपालिका वडा नम्बर २ को बिहानी पम्पमा रहेको जयराम स्टाप होटल, फुर्केखोलामा रहेको हिरा होटल एण्ड लज, आयुष होटल र ठकुरी होटलका साथै बेनिघाटरोराङ ३ को करम खोलामा रहेको खिलनाथ त्रिपाठीको होटल छापा मारी २५ किलो गाँजा बरामद गरिएको हो ।

    होटल तथा चिया पसलहरुमा खुलेआम गाँजा बिक्री भइरहेको सूचनाको आधारमा ती होटल र पसलमा खानतलासी लिँदा लागूऔषध गाँजा २५ किलोग्राम, डिजिटल तराजु १ थान बरामद गरी होटल संचालकहरुलाई पक्राउ गरी धादिङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।

    प्रहरीले अनुसन्धानका लागि जयराम स्टाप होटलको सञ्चालिका ४७ वर्षीया सानी अधिकारी, आयुष होटलको सञ्चालक ४३ वर्षीय होतराज सेढाईं (राजकुमार, हिरा होटल एण्ड लजका सञ्चालिका ४७ वर्षीया हीरामाया लम्साल, ठकुरी होटलको सञ्चालक ६१ वर्षको वेदकुमार शाही पक्राउ परेका छन् ।

    त्यसैगरी बेनिघाटरोराङ ३ करम खोलामा होटलको सञ्चालक ५५ वर्षका खिलनाथ त्रिपाठी पनि पक्राउ परेको प्रहरीले जनाएको छ । यसअघि गएको शुक्रबार प्रहरीले आदमघाटबाट १० किलो ४०० ग्राम गाँजासहित एक महिला पक्राउ गरेको थियो ।

    चैत १८ गते बेलुका ६ बजेतिर गजुरी गाउँपालिका वडा नंम्बर ६ आदमघाटस्थित पृथ्वी राजमार्गबाट गजुरी ८ पुरानो गाउँ बस्ने ४९ वर्षीया राममाया तामाङलाई १० किलो ४०० ग्राम गाँजा, नगद बीस हजार, मोबाइल सेट एकसहित पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.