उज्यालो टाईम्सको शुभकामना आदानप्रदान र भित्तेपात्रो विमोचन
न्युजभित्तो/२४ चैत्र २०७८, बिहीबार ११:११
चितवन, २४ चैत । उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रालिले नववर्ष २०७९ को अवसरमा शुभकामना आदानप्रदान एवम् भित्तेपात्रो विमोचन कार्यक्रम हिजो सम्पन्न गरेको छ । प्रालिले २०७९ सालको नयाँ क्यालेन्डर विमोचन गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारीले उज्यालो टाईम्सले विगतदेखि नै मिडिया मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गतका महत्वपूर्ण कार्यहरुमा आफ्नो परिचय बनाईसकेको बताउनुभयो । उहाँले आफ्ना शुभचिन्तक, ग्राहकहरुको चाहना अनुसार भित्तेपात्रो (क्याण्डेर) लाई बार्षिक कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष निरन्तर रुपमा प्रकाशन गर्दै आएकोमा शुभकामना व्यक्त गर्नुभयो ।
प्रालिका अध्यक्ष राजु भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तीर्थ नेपाल, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, साप्ताहिक सञ्जाल चितवनका अध्यक्ष टिकादत्त तिमिल्सिना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
शुभकामना आदानप्रदान एवम् भित्तेपात्रो विमोचन कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका सल्लाहकार तिलक रिमाल, सचिव दिपेन्द्र अधिकारी, प्रालिका निर्देशक अनिल कुमार श्रेष्ठ, पुष्पराज श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य, क्याची टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक राहुल कुमार सिंह, युनिक्लो बुटिककी सञ्चालिका राधा शर्मा, चितवन फिजिकल फिटनेश सेन्टरका प्रबन्ध निर्देशक प्रकाश गुरुङ्ग, पत्रकारहरु सुमन गैरे, किशोर सापकोटा, दिनेश श्रेष्ठ (पासा), हरि कार्की (लक्की), ग्राण्ड मल्टी इन्टरटेण्टमेण्टकी प्रबन्ध निर्देशक रिता लोहनी, दिपाज इभेन्टकी प्रबन्ध निर्देशक दिपा पाठक, मोडलहरु लुसा तामाङ, गीता लोहनी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रालिद्वारा सञ्चालित उज्यालो टाईम्स डटकमका लागि प्रवास प्रमुखको रुपमा काम गर्दै आउनु भएका बुद्धिराम चौधरीलाई सम्मान गरिएको थियो । चौधरीले विगत लामो समयदेखि उज्यालोसँग सहकार्य गर्दै प्रवासका गतिविधिहरुलाई मिडिया मार्फत समाज रुपान्तरणमा योगदान पु¥याउनु भएको थियो । शुभकामना आदानप्रदान एवम् भित्तेपात्रो विमोचन कार्यक्रमलाई प्रालिका अध्यक्ष राजु भट्टले धन्यवाद सहित समापन गर्नुभयो । उज्यालो टाइम्सले प्रत्येक वर्ष क्यालेण्डर प्रकाशित गर्दै आएको छ ।
चितवन, २४ चैत । उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रालिले नववर्ष २०७९ को अवसरमा शुभकामना आदानप्रदान एवम् भित्तेपात्रो विमोचन कार्यक्रम हिजो सम्पन्न गरेको छ । प्रालिले २०७९ सालको नयाँ क्यालेन्डर विमोचन गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारीले उज्यालो टाईम्सले विगतदेखि नै मिडिया मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गतका महत्वपूर्ण कार्यहरुमा आफ्नो परिचय बनाईसकेको बताउनुभयो । उहाँले आफ्ना शुभचिन्तक, ग्राहकहरुको चाहना अनुसार भित्तेपात्रो (क्याण्डेर) लाई बार्षिक कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष निरन्तर रुपमा प्रकाशन गर्दै आएकोमा शुभकामना व्यक्त गर्नुभयो ।
प्रालिका अध्यक्ष राजु भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तीर्थ नेपाल, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, साप्ताहिक सञ्जाल चितवनका अध्यक्ष टिकादत्त तिमिल्सिना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
शुभकामना आदानप्रदान एवम् भित्तेपात्रो विमोचन कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका सल्लाहकार तिलक रिमाल, सचिव दिपेन्द्र अधिकारी, प्रालिका निर्देशक अनिल कुमार श्रेष्ठ, पुष्पराज श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य, क्याची टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक राहुल कुमार सिंह, युनिक्लो बुटिककी सञ्चालिका राधा शर्मा, चितवन फिजिकल फिटनेश सेन्टरका प्रबन्ध निर्देशक प्रकाश गुरुङ्ग, पत्रकारहरु सुमन गैरे, किशोर सापकोटा, दिनेश श्रेष्ठ (पासा), हरि कार्की (लक्की), ग्राण्ड मल्टी इन्टरटेण्टमेण्टकी प्रबन्ध निर्देशक रिता लोहनी, दिपाज इभेन्टकी प्रबन्ध निर्देशक दिपा पाठक, मोडलहरु लुसा तामाङ, गीता लोहनी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रालिद्वारा सञ्चालित उज्यालो टाईम्स डटकमका लागि प्रवास प्रमुखको रुपमा काम गर्दै आउनु भएका बुद्धिराम चौधरीलाई सम्मान गरिएको थियो । चौधरीले विगत लामो समयदेखि उज्यालोसँग सहकार्य गर्दै प्रवासका गतिविधिहरुलाई मिडिया मार्फत समाज रुपान्तरणमा योगदान पु¥याउनु भएको थियो ।
शुभकामना आदानप्रदान एवम् भित्तेपात्रो विमोचन कार्यक्रमलाई प्रालिका अध्यक्ष राजु भट्टले धन्यवाद सहित समापन गर्नुभयो । उज्यालो टाइम्सले प्रत्येक वर्ष क्यालेण्डर प्रकाशित गर्दै आएको छ ।