सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इच्छाकामनाका बाख्रापालक किसानलाई अनुदान


  •    न्युजभित्तो/२३ चैत्र २०७८, बुधबार १५:३८ 
  • मुग्लिन २३ चैत । चितवनको इच्छाकामना गाउँपालिकाले नमूना खोर निर्माण तथा खोर सुधारका लागि बाख्रापालक किसानलाई अनुदान वितरण गरेको छ। किसानको आर्थिक समृद्धिमा पनि सघाउ पुर्‍याउने उद्देश्यले गाउँपालिकाले बाख्रापालक किसानका लागि अनुदान रकम वितरण गरेको हो।
    मङ्गलबार गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले वडा नं १ का ३३ जना बाख्रापालक किसानलाई जनही रु १० हजारका दरले रकम हस्तान्तरण गरिन्। उनले वडा नं १ को ज्यान्दाला, तोवाङ र मेत्राङका बाख्रापालक किसानलाई अनुदान रकम हस्तान्तरण गरेकी हुन्।
    यसैबीच उत्कृष्ट खोर निर्माण गर्ने तीन समूहलाई रु २५ हजारका दरले रकम हस्तान्तरण गरिएको छ। गाउँपालिकाका सातवटै वडामा गरी ५२ बाख्रापालक कृषक समूह निर्माण गरी काम भइरहेको छ। हालसम्म ३९ बाख्रापालक किसानलाई रकम वितरण गरिसकिएको अध्यक्ष गुरुङले बताइन्।
    गाउँपालिकाका ५२ समूहका १३० बाख्रापालक किसानलाई नमूना खोर निर्माण तथा खोर सुधारका लागि अनुदान दिइने अध्यक्ष गुरुङले जानकारी दिइन्। जनताको जीवनस्तर उकास्नका लागि गाउँपालिकाको नीति तथा कार्यक्रमअन्तर्गत गैररसकारी संस्था हेफर नेपाल र दियालो परिवारसँग तीन वर्षभित्र रु एक करोड ५२ लाख खर्च गर्ने गरी सम्झौता भएको छ।
    त्यसमध्ये साझेदारी संस्थाको २५ प्रतिशत सहयोग रहनेछ। साथै गाउँपालिकाले युवा र बाबु समूह गठन गरी आर्थिक समृद्धिका लागि आधारशिला तालिम दिइने अध्यक्ष गुरुङले बताइन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.