भरतपुर,२३ चैत्र। इन्सुलेटर फेल हुँदा सडक सफाइ मजदुरको करेन्ट लागी मृत्यु भएको विद्युत् प्राधिकरणले जनाएको छ । इन्सुलेटर फेल हुँदा अत्यधिक विद्युत् अकस्मात् प्रवाह भएको र त्यसका कारण तार छिनेको प्राधिकरण भरतपुर शाखाका इन्जिनियर राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए । इन्सुलेटरमा प्वाल परेको कारणले फेल भएको उनको भनाइ छ ।
आँपटारीमा प्रयोगमा आएको पिन इन्सुलेटर रहेको र त्यसमा प्वाल पर्नाले समस्या भएको पौडेलले बताए । ‘तातो तथा चिसो मौसममा इन्सुलेटर फुक्ने र खुम्चने हुन्छ’, उनले भने, ‘गर्मी मौसममा तातोको कारण फुकेर समस्या भएको हो ।’
इन्जिनियर प्रदीप पौडेलले इन्सुलेटरमा सामान्य खराबी आउनु नौलो कुरा नभएको, तर सार्वजनिक ठाउँमा प्रयोगमा आउने भएपछि त्यसको नियमित निगरानी गर्नुपर्ने बताए । ‘इन्सुलेटरले सधैँ उस्तै काम गर्छ भन्ने छैन’, उनले भने, ‘समय–समयमा हरेक इन्सुलेटरको अवस्था जाँच गर्नु सम्बन्धित कार्यालयको जिम्मेवारी हो । इन्सुलेटर फेल भएर मान्छेको ज्यान जानु निकै दुःखद घटना हो, त्यसैले विद्युतीय दुर्घटनाका घटना हुन नदिन समय–समयमा मर्मतसम्भार जरूरी छ ।’
त्यस क्षेत्रमा रहेको तीन फेज तार फेरेको १ वर्ष पनि नभएको जानकारी दिँदै उनले प्राधिकरणको कुनै कमजोरीबाट नभई विद्युत् प्रवाहमा काम गर्ने इन्सुलेटर एक्कासि फेल भएकाले तार चुँडिन गई व्यक्तिलाई करेन्ट लागेको उनले बताए । लगत्तै आँपटारी क्षेत्रको थप एक ठाउँको इन्सुलेटर फेरिएको उनले बताए । ‘तार पहिले नै लत्रेर बसेको वा खतराजन्य अवस्था भएर पनि प्राधिकरणले समाधान नगरेको भए एउटा कुरा हुन्थ्यो’, इन्जिनियर पौडेलले भने, ‘यो अकस्मात् भएको दुर्घटना हो । चितवनमा गत वर्ष भरतपुर–७, क्यान्सर अस्पतालनजिक पनि यस्तै घटना भएको उनले बताए ।
भरतपुर–१, आँपटारी तौलपुलनजिक देवघाट–५, तनहुँ बस्ने वर्ष ५५ को भीमबहादुर मगरको तार चुँडिएर शरीरमा छुँदा करेन्ट लागी मृत्यु भएको थियो । नाली सफाइ गर्ने क्रममा बिजुलीको नाङ्गो तार झरेको हो । मृतक पक्षले सोमबार विद्युत् र सडक कार्यालयमा पुगी घटना विषयमा जानकारी लिएका छन् ।
प्राधिकरणका इन्जिनियर पौडेलले विद्युतीय दुर्घटनामा परी ज्यान गुमाउनेको हकमा चार लाख दिने व्यवस्था भएअनुसार दिने सहमति भएको बताए । साथमा परिवारका एक जनालाई दक्षताअनुसारको रोजगारी दिने पनि सहमति भएको छ ।
मगर सडक विभागको कर्मचारी भएका कारण ७ लाख दुर्घटना बिमाबापत रकम दिने सडक विभाग भरतपुरका इन्जिनियर शिव खनालले बताए । साथै, मृतकको परिवारको सिफारिसअनुसार एक जनालाई रोजगारी दिने उनले बताए ।