सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इच्छाकामना गाउँपालिकामा भूमिहीनलाई निस्सा वितरण


  •    न्युजभित्तो/२२ चैत्र २०७८, मंगलवार १६:०४ 
  • मुग्लिन,२२ चैत। चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाले भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु गरेको छ ।

    वर्षौँदेखि स्थानीयवासीले प्रयोग गरिआएको जग्गाको लालपूर्जा वितरण गर्ने प्रक्रियाअन्तर्गत गाउँपालिकाले निस्सा वितरण सुरु गरेको हो ।

    राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनका विज्ञ सदस्य निरप्रसाद लामिछाने, राष्ट्रिय भूमि आयोग जिल्ला समितिका सदस्य लक्ष्मीकान्त दवाडी र गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले सोमबार एक कार्यक्रमका बीच संयुक्तरुपमा निस्सा वितरण सुरु गर्नुभएको हो ।

    राष्ट्रिय भूमि आयोगका विज्ञ सदस्य लामिछानेले लालपूर्जा पाउनेमा ढुक्क हुन सबैमा आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “लालपूर्जा पाउनेमा तपाईंहरु ढुक्क हुनुहोस्, विश्वस्त रहनुहोस् नापी कार्यालयसँग समन्वय गरी जग्गा नाप नक्सा कार्यका लागि प्राथमिकताका साथ अगाडि बढाउने छौँ ।”

    सो कार्यक्रमअन्तर्गत पहिलो दिन सोमबार २० जनालाई निस्सा वितरण गरिएको छ । निस्सा पाएपछि स्थानीयवासी खुसी भएका छन् । निस्सा पाएपछि चाँडै लालपूर्जा पाउने आशा व्यक्त गर्दै उपस्थित भूमि आयोगका सदस्य र जनप्रतिनिधि कर्मचारीहरुलाई धन्यवाद दिनुभयो ।

    गाउँपालिका कार्यालय सेवा केन्द्र प्रमुख हरि देवकोटाका अनुसार इच्छाकामनामा जग्गाका लागि तीन हजार ३८९ भूमिहीन दलित, भूमिहीन सुकुम्वासीले निवेदन दिएका छन् । वडा नं ७ मा सबैभन्दा बढी एक हजार ५१० भूमिहीन दलित र सुकुम्वासी रहेका छन् । वडा नं ७ बाट प्राप्त निवेदन आयोगको अनलाइन प्रणालीमा प्रबिष्ट गर्ने कार्य सम्पन्न भएसँगै निस्सा वितरण सुरु गरिएको प्रमुख देवकोटाको भनाइ छ । अन्य वडाको पनि भूमि आयोगको अनलाइन प्रणालीमा निवेदन प्रबिष्ट गर्ने कार्य भइरहेकाले चाँडै निस्सा वितरण गरिने उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.