किराना व्यवसायीको गुनासो : गल्ती सानो, जरिवाना ठूलो !
न्युजभित्तो/२२ चैत्र २०७८, मंगलवार ११:३४
भरतपुर,२२ चैत्र । चितवनका किराना व्यवसायीहरुले ससाना गल्तीहरुमा ठूलो जरिवाना लगाउने काम भइरहेको गुनासो गरेका छन् । किराना व्यवसायी संघ चितवनको १०औँ साधारण सभा तथा अधिवेशनमा व्यवसायीहरुले सरकारी संयन्त्रहरुले किराना व्यवसायीको सानो गल्तीमा पनि धैरै जरिवाना लगाउने काम भइरहेको गुनासो गरेका छन् ।
संघका अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठका अनुसार उत्पादन गर्ने उद्योगले वस्तुमा मूल्यसूची राख्दैन, त्यसको जरिवाना किराना व्यवसायीले तिर्नु परेको हुन्छ । उनले भने, ‘सरकारी संयन्त्रहरु डेढ लाख लगानी गरेर सुरू गरेको किराना पसललाई अनुगमनको नाममा भारी जरिवाना लगाउँछन्, तर गल्ती गर्ने ती उद्योगसम्म पुग्दैनन् ।’
अध्यक्ष श्रेष्ठका अनुसार तीन लाखको लगानी गरेर घरखर्च धान्न किराना पसल चलाउँछन्, ती व्यवसायीहरुले अन्जानमा सानो गल्ती गर्छन्, त्यो सानो गल्तीमा २ लाखसम्म जरिवाना लगाइन्छ । उनले भने, ‘पसलको लगानीभन्दा जरिवाना धेरै लगाइन्छ भने त्यहाँ व्यवसायको अवस्था के होला ? उसले व्यवसाय नै बन्द गर्छ ।’
उनले उपभोक्ता संरक्षण ऐनलाई परिमार्जन गरी १० हजारबाट जरिवाना सुरू हुनुपर्ने बताए । हाल भूलवश सानो गल्ती गर्ने किराना व्यवसायीले पनि न्यूनतम ५० हजार जरिवाना तिर्नुपर्छ ।
अधिवेशनमा महासचिव हरिराज पौडेलले किराना व्यवसायीलाई हतोत्साहित पार्नुभन्दा कानुनी सचेतना आवश्यक भएको बताए । उनले भने, ‘किराना व्यवसाय प्रायः गृहिणी महिलाहरुले चलाएका छन्, उनीहरुले थोरै लगानी गरेर किराना पसल चलाउँछन्, उनीहरुलाई अनुगमनमा धेरै जरिवाना तोक्दा व्यवसायबाट पलायन हुने अवस्था आउँछ ।’ उनले किराना व्यवसाय चलाउनेहरुलाई जरिवाना, करलगायतको विषयमा सचेतना आवश्यक भएको बताए ।
कार्यक्रमका प्रमुखअतिथि उवासंघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बिक्री मौज्दात धेरै हुने तर नाफा कम हुने व्यवसाय भएको बताए । उनले भने, ‘दैनिक उपभोग्य वस्तु घरघरमा पु¥याउने व्यवसायीलाई निरूत्साहित पार्न हुँदैन, व्यवसायीलाई सुहाउँदो ऐन छैन भने त्यसलाई परिमार्जन गर्न पनि सरकारी संयन्त्रहरु तयार हुनुपर्छं ।’ उनले भने, ‘दुई लाख लगानी गरेर सानो किराना पसल चलाउँछ भने उसलाई सानो कमजोरीमै दुई लाख जरिवाना तोकिँदा त्यो व्यवसायीले कसरी तिर्छ ?’
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत घनश्याम पन्थीले कर कार्यालय र व्यवसायीबीच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने बताए । उनले भने, ‘राज्यलाई तिर्नुपर्ने कर राज्यले जसरी पनि लिन्छ, कर तिरेर सरकारलाई सहयोग गर्नु हरेक व्यवसायीको दायित्व हो । राज्यलाई छल्छु, ठग्छु भन्नुहुँदैन, कुनै न कुनै दिन राज्यले जसरी पनि कर असुलेर छोड्छ ।’
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन भरतपुरका प्रमुख घननाथ अधिकारीले सरकारले तोकेको मापदण्डभित्र रहेर व्यवसाय गर्न आग्रह गरेका थिए । उनले भने, ‘सरकारले तोकेको मापदण्डभन्दा बाहिर गए जरिवाना लाग्छ, नियम त मिच्न भएन । सजग र सचेत हुनुप¥यो । मूल्यसूची नभएको वस्तु खरिद गर्नै भएन । मिति सकिएको सामग्री बेच्नै भएन । सरकारी संयन्त्रहरु पनि कानुनभित्र नै रहेर कारबाही गर्ने हो, कानुन कसैले पनि मिच्न भएन ।’
कार्यक्रममा उवासंघ चितवनका उपाध्यक्ष चिरञ्जीवी सुवेदी, राजेन्द्र ओली, शिरीष पन्तलगायतले मन्तव्य दिएका थिए । संघका कोषाध्यक्ष बालकृष्ण श्रेष्ठले आर्थिक प्रतिवेदन र महासचिव हरिराज पौडेलले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सफल व्यवसायी, प्रायोजक, पूर्वअध्यक्षहरुलाई मायाको चिनो वितरण गरिएको थियो ।
कार्यक्रममा चितवनका तीन पत्रकारलाई सम्मानसमेत गरिएको थियो । चितवन पोष्ट दैनिकका संवाददाता किशोर खनाल, नारायणी अनलाइनका पत्रकार राजु चौधरी र एटुजेड अनलाइनका सुशील पन्तलाई सम्मान गरिएको थियो । कार्यक्रम संघका उपाध्यक्ष पुष्प श्रेष्ठले सञ्चालन गरेका थिए ।