सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरको आँपटारीमा राजमार्गको नाली सफा गर्ने क्रममा करेन्ट लागेर मृत्यु


  •    न्युजभित्तो/२० चैत्र २०७८, आईतवार १६:५८ 
  • चितवन, २० चैत । भरतपुर महानगरपालिका वडा नं. १ आँपटारीस्थत राजमार्गमा आज नाली सफा गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सडक विभागमा काम गर्ने तनहुँ जिल्लाका देवघाट गाउँपालिका वडा नं. ५ का ५५ वर्षिय भीमबहादुर मगर रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक छेउको नाली सफा गर्ने क्रममा चुँडिएर नालीमा लत्रिएको तारबाट एक्कासी करेन्ट लाग्न गई उनको मृत्यु भएको हो । घटना दिउँसो २ः१० बजेको समयमा भएको हो । मृत मगरको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याईएको प्रहरीले न्यूजभित्तोलाई जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जनाईएको छ ।

    करेन्ट सहितको विद्युतको तार चुँडिएर भुईमा लत्रिँदा समेत बेवास्ता गर्ने विद्युत कार्यालयको लापरवाहीका कारण मगरको ज्यान गएको स्थानीयको गुनासो छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.