सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पिछडिएका लोपोन्मुख समुदायको संरक्षण गर्न ध्यानाकर्षण


  •    न्युजभित्तो/१८ चैत्र २०७८, शुक्रबार १३:२१ 
  • चितवन,१८ चैत।  प्रदेश प्रमुखको यहाँ सम्पन्न बैठकले पिछडिएका लोपोन्मुख समुदायको संरक्षण गर्न ध्यानाकर्षण गराएको छ । सौराहामा बिहीबार सम्पन्न बैठकले सिमान्तकृत, पिछडिएका, लोपोन्मुख समुदायको पहिचान, संरक्षण, सम्वद्र्धन र विकासलगायत काम गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको हो ।

    बागमती प्रदेशको प्रदेश प्रमुखको कार्यालयले आयोजना गरेको बैठकमा सात वटै प्रदेशका प्रदेश प्रमुख, कार्यालय सचिव र निजी सचिवको सहभागिता रहेको थियो । बागमती प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी इन्दिरा पौडेलले प्रदेश सरकारले लोपोन्मुख समुदायको पहिचान तथा खोजी गरी नीति तथा कार्यक्रम, योजना बनाउन अनुरोध गरिएको बताउनुभयो ।

    पछाडि पारिएका समुदायको विकासका लागि प्रवद्र्धनात्मक कार्यक्रम बनाउन आग्रह गरिएको छ । प्रदेश सरकारले गर्ने कार्यक्रममा प्रदेश प्रमुखको कार्यालयसँग समन्वय नगरेको भन्दै समन्वय गर्नुपर्नेमा समेत छलफल गरिएको थियो । “प्रदेश सरकारले गर्ने कार्यक्रमबारे लिखितरुपमा जानकारी गराउनुपर्ने व्यवस्था छ, तर मौखिक जानकारी मात्रै आइपुग्छ”, उहाँले भन्नुभयो ।

    प्रदेश मन्त्रिपरिषद्का निर्णयमा समेत लिखित जानकारी नआएको भन्दै समन्वयका लागि अपिल गरिएको छ । प्रदेश प्रमुखको हाल मर्यादाक्रम सातौँ र आठौँ स्थानमा राखिएकामा त्यसलाई सच्याउनसमेत बैठकले सङ्घीय सरकारसँग अनुरोध गर्ने निर्णय भएको पौडेलले जानकारी दिनुभयो ।

    बैठकले हरेक छ महिनामा प्रदेश प्रमुखको बैठक बोलाउने गरी कार्यविधि पास गरेको छ । प्रदेश प्रमुखको बैठक आलोपालो गरी बोलाउने कार्यविधिमा उल्लेख छ । सातै प्रदेशकै विकासको सम्भावना र पहिचानका बारेमा खोजी गरी सङ्घीय सरकारलाई सुझाव दिने निर्णयसमेत गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.