सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी ‘नेपाल फाइभ पी’ शुरु


  •    न्युजभित्तो/१८ चैत्र २०७८, शुक्रबार ११:१० 
  • भरतपुर,१८ चैत्र। चितवनमा प्लास्टिक, पेपर, प्रिन्टङ, प्याकेजिङ र प्रोसेसिङसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी ‘नेपाल फाइभ पी’ शुरु भएको छ । मिडिया स्पेस सोलुसन प्राली र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालीको संयुक्त आयोजनामा भरतपुरको औद्योगिक प्रदर्शन केन्द्र एक्स्पो सेन्टरमा बिहीबारदेखि प्रदर्शनी शुरु भएको हो ।

    यही चैत २० गतेसम्म हुने प्रदर्शनीमा स्वदेश तथा विदेशबाट गरी १२० बढी कम्पनीका कक्ष रहेका छन् । त्यस्तै प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ मेसिनरीका उत्पादक, स्क्रिन प्रिन्टिङ, कन्टेनर, इन्डक्सन मोल्डिङ मेसिन, प्रिन्टिङ मेसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मेसिनरी, प्रिन्टिङ स्पेयर पार्टस्, पेपर मेसिनरी, पेपर कप मेसिनरी सबै खालका कागज र स्पेर पार्टस्, सिलाइ मेसिनरी उत्पादक, प्याकेजिङ मेसिनरी तथा अन्य थुप्रै उत्पादकको सहभागिता रहेको छ ।

    यो प्रदर्शनीलाई नेपाल मुद्रण उद्योग महासङ्घ, कोरोगेटेड बक्स म्यानुफ्याक्चर्स, चितवन उद्योग सङ्घ र नेपाल उद्योग परिसङ्घलगायत आइपिआइए र आइएससीएमए जस्ता विदेशी संस्थाले सहयोग गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.