खैरहनी,१८ चैत्र। पछिल्लो दुई वर्ष लगातार देशभरमा उत्कृष्ट नगरपालिकाको रुपमा घोषणा गरिएको खैरहनी नगरपालिकाले पूर्वाधार निर्माणमा ठूलो परिणाममा काम गरेको छ ।
स्थानीय तह संस्थागत क्षमता विकास मूल्याङ्कनमा उत्कृष्ट बनेको खैरहनीले जनप्रतिनिधिले पद बहाली गरेयता ५९ किलोमिटर सडक कालोपत्रे तथा मर्मत गरेको छ । कालोपत्रेबाहेक ढल, मोजायक टायल, तटबन्ध, बोरिङ, उच्चस्तरीय ग्राभेल, कुलो सिंचाइ, भवन निर्माणमा फड्को मारेको नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख लालमणि चौधरीले आफूलगायत जनप्रतिनिधिले कार्यभार सम्हालेपछि यो अवधिमा ५९ किलोमिटर ३५३ मिटर सडक कालोपत्रे र मर्मत गरेको बताए । त्यसका लागि २८ करोड ३८ लाख रूपैयाँ खर्च भएको छ । चैनपुर चोकदेखि उत्तर कङ्काली वन जाने बाटो, पुरानो पर्सादेखि सिमलघारी जाने बाटो कालोपत्रेका लागि प्रक्रियामा रहेको नगरप्रमुख चौधरीले जानकारी दिए । त्यस्तै, यो अवधिमा ३७ किलोमिटर ढल, नाला निर्माण भएको छ । ढल निर्माणमा १६ करोड १४ लाख खर्च भएको छ ।
‘कालोपत्रे र ढल निर्माणपछि केही बस्तीको मुहार फेरिएको छ’, नगरप्रमुख चौधरीले भने, ‘विकासमा पछि परेका ठाउँमा पूर्वाधार बनेको देख्दा आत्मसन्तुष्टि मिल्छ ।’ खैरहनी–५ को फसेरा, फसेर्नी, खैरहनी–१२ को जनकपुर त्यसको उदाहारण रहेको उनले बताए ।
यो अवधिमा ५ किलोमिटर ९८३ मिटर मोजायक टायल बिच्छाउने काम भएको छ । विशेषगरी, वडा नम्बर–८ को भित्री सडकमा मोजायक टायलको काम भएको छ । त्यसपछि वडा नम्बर–७ का केही भागमा पनि मोजायक टायलको काम भएको उपप्रमुख एवं योजना अनुगमन समितिकी संयोजक सुनिता खरेल थपलियाले जानकारी दिइन् । ‘बाटो चौडा गर्न नसकिने ठाउँमा मोजायक टायल बिच्छाइएको छ’, उनले भनिन्, ‘मोजायक टायलले सडकको सुन्दरता थप गरेको छ ।’
बितेको पाँच वर्षमा २४ किलोमिटर ९ सय मिटर बाटो उच्चस्तरीय ग्राभेल गरिएको छ, जसमा ३ करोड ३१ लाख खर्च लागेको छ । बाटो मर्मतअन्तर्गत ग्राभेलमा ११ हजार किलोमिटर ३०६ मिटर, १६ किलोमिटर सिंचाइ कुलो निर्माण, २९७ वटा भवन निर्माण, ४० किलोमिटर तटबन्ध, ६६ वटा सिंचाइ बोरिङ, ७० वटा पुल कल्भर्टको काम भएको योजना शाखा प्रमुख इन्जिनियर सुमन श्रेष्ठले बताए ।
खैरहनी नगरपालिका आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा स्थानीय तह संस्थागत विकास क्षमता मूल्याङ्कन, सूचना तथा प्रविधि लेखाजोखा मूल्याङ्कनमा चितवन जिल्ला प्रथम भएको छ । त्यसबाहेक युवा तथा खेलकुद मन्त्रालयको युवा प्रतिभा पुरस्कारबाट समेत यस नगरपालिका पुरस्कृत भएको खैरहनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुरूषोतम शर्माले जानकारी दिए ।