सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देउवा सरकारमा सहभागी हुने बारेमा लोसपाको तयारी


  •    न्युजभित्तो/१७ चैत्र २०७८, बिहीबार १५:४९ 
  • काठमाडौँ,१७ चैत्र । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने तयारी गरेको छ । यसअघि सरकारमा सहभागी हुने भन्ने कुरालाई पूर्ण रुपमा स्वीकार गर्न नसकेको लोसपाले देउवा सरकारमा जाने बारेमा गृहकार्य थालेको हो ।

    बिगतमा मधेस आन्दोलनका क्रममा लागेका राजनीतिक मुद्दा फिर्ता, नागरिकता अध्यादेश जारी गर्नेसहितका समझदारी गरेर लोसपाले देउवा सरकारमा सहभागी हुने बारेमा तयारी गरेको हो ।

    देउवा सरकारमा सहभागिताका लागि लोसपाका शीर्ष नेताहरुले प्रधानमन्त्री देउवासंग पटक-पटक वार्ता गरिसकेका छन् । यद्यपि कुन मन्त्रालय लिने र कति मन्त्रालय पाउने भन्ने बारेमा अझसम्म टुंगो लागिसकेको छैन ।

    बाहिर नबताएपनि देउवा नेतृत्वको संघीय सरकारमा सहभागी हुन लोसपा तयार भएको हो । देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा पार्टीमा छलफल गरेर सहभागी हुन लोसपा तयार भएको हो ।

    प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वको वर्तमान सरकारमा सहभागी लागि सकारात्मक भएर अनुरोध गरेपछि लोसपाले पार्टीमा छलफल गरेर निर्णय लिने भएको हो । देउवाको प्रस्तावपछि लोसपाका केही नेताले स्थानीय तहको चुनावअघि नै सरकारमा सहभागी हुनुपर्ने बताएका छन् ।

    पार्टीमा छलफल भएर निर्णय भएपछि कतिवटा मन्त्रालय लिने, कुन कुन मन्त्रालय लिने लगायतको विषयमा लोसपाले प्रधानमन्त्री देउवासँग छलफल गर्ने भएको छ । अहिलेको रिक्त रहेका रक्षा मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्री देउवाले आफैंसंग राखेका छन् ।

    रिक्त रहेका यी दुइ वटै मन्त्रालय लोसपाले पाउने प्रवल सम्भावना रहेको छ । यद्यपि लोसपाले प्रधानमन्त्री देउवासंग चार वटा मन्त्रालय मागेको छ । तर लोसपा तीन मन्त्रालय पाए पनि सरकारमा सहभागी हुन तयार भएको बुझिएको छ ।

    यद्यपि लोसपाले सरकारमा सहभागी हुने निर्णय गरेमा मन्त्रिमण्डल पुनर्गठन गरेरै भएपनि सरकारमा सहभागी गराउन देउवा तयार भएका छन् । यसो भएमा सरकारमा रहेका केही मन्त्रीको पद चैट् हुने देखिन्छ ।


    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.