चितवन, १७ चैत । नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्र किलोमा गुडिरहेको ट्रकमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सार्लाहीबाट इट्टा बोकेर काठमाडौं जाँदै गरेको प्रदेश २–०३–००१ ख ६५८७ नम्बरको ट्रकमा आगलागी भएको हो ।
ट्रक गुडिरहेको अवस्थामा व्याट्रीको तार सर्टभई आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । कार्यालयका डिएसपी नरहरी अधिकारीका अनुसार बिहान ६ बजेको समयमा ट्रकमा आगलागी भएको हो । आगलागीबाट ट्रक पूर्णरुपमा क्षती भएको छ ।

(सांकेतिक तस्वीर)