सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बलात्कारको आरोप लगाउने किशोरीलाई साढे तीन वर्ष जेल, पुरुषलाई सफाइ


  •    न्युजभित्तो/१६ चैत्र २०७८, बुधबार १८:२३ 
  • अछाम, १६ चैत । सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिएकी एक किशोरीलाई जेल सजाय सुनाइएको छ । अछाम कमलबजार नगरपालिकाकी १९ वर्षीया किशोरीलाई जिल्ला अदालत अछामले साढे तीन वर्षको जेल सजाय तोकेको हो ।

    जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले उक्त फैसला गरेको हो । गत माघ १५ गते आफूलाई माग्न आएको पुरुषलाई किशोरीले बलात्कार गरेको भन्दै १७ गते प्रहरीसमक्ष उजुरी दिएकी थिइन् । विवाहको प्रस्ताव लिएर पुरुष घरमा आएको, घरमा आमासँग विवाहको कुराकानी गरेको र राति अबेर भएपछि त्यहीँ बसेको बयान दिएकी थिइन् । किशोरीले पुरुष भुइँमा र आफू बहिनीसँग सुतेको अवस्थामा राति ११स्३० मा जबर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन् ।

    पुरुषले जबर्जस्ती करणी नगरेको तर, सहमतिमा यौन सम्पर्क भएको बयान दिएका थिए । विवाह प्रस्ताव लिएर पुगेका उनीहरू विवाह नगरी फर्किएका थिए । ‘भोलिपल्ट घरबाट विवाह नगर अहिले मान्छे बितेका छन् भनेपछि हामी फर्किएका हौँ ,’ उनले अदालतमा बयान दिएका छन् ।

    सुरूमा जबर्जस्ती करणी गरेको बयान दिएकी किशोरीले पछि विवाह नगर्ने हो कि भन्ने त्रासले मुद्दा दायर गरेको बताएकी थिइन् । सहमतिमा यौनसम्पर्क भएको तर, जबर्जस्ती करणी नभएको अदालतको ठहर छ । युवतीको उजुरीपछि बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय पुरुषलाई सफाइ दिइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.