नेकपा एस जिल्ला कमिटी चितवनका दुई सदस्यसहित वडा कमिटी नै एमालेमा समाहित
न्युजभित्तो/१६ चैत्र २०७८, बुधबार १८:०९
चितवन, १६ चैत । नेकपा (एकीकृत समाजवादी) चितवनका दुई जिल्ला कमिटी सदस्यसहित वडा कमिटी नै नेकपा (एमाले) मा समाहित भएको छ । जिल्ला कमिटी सदस्य प्रकाश तामाङ पाख्रिन, राजकुमार गुरुङ र भरतपुर महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष किरण परियार, उपाध्यक्ष विकास तामाङसहित वडा कमिटी नै एमालेमा समाहित भएको हो ।
आज एमाले पार्टी कार्यालय मदन नगर भरतपुरमा आयोजित कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य एवम् चितवन इन्चार्ज देवी ज्ञवाली, वाग्मती प्रदेश कमिटी सदस्य तथा सांसद कृष्ण भुर्तेल, जिल्ला कमिटी अध्यक्ष रामप्रसाद न्यौपाने र सहसचिव प्रकाश ढुंगानाले उहाँहरुलाई पार्टीमा स्वागत गर्नुभएको हो ।
प्रकाश तामाङ गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षको उम्मेदवार बन्नु भएको थियो । उहाँ वडामा लोकप्रिय युवाका रुपमा परिचित हुनुहुन्छ । एकीकृत समाजवादीले देश र समाज परिवर्तन गर्न नसक्ने भन्दै पुरानै घर फर्किएको तामाङले बताउनुभयो । उहाँले अन्य समाजवादीमा रहेका नेता, कार्यकर्ताहरुलाई पनि एमाले फर्कन आव्हान गर्नुभयो । पछिल्लो समय नेकपा एसबाट एमालेमा फर्किनेहरुको संख्या दिनहुँ बढ्दै गएको छ ।