सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अध्यक्ष ओलीद्वारा एकैदिन मुलुकका ७५३ वटै पार्टीका कमिटीलाई सम्बोधन


  •    न्युजभित्तो/१६ चैत्र २०७८, बुधबार १६:०३ 
  • काठमाडौँ,१६ चैत्र। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आशन्न स्थानीय तहको निर्वाचनको तयारीका लागि आज मुलुकका ७५३ वटै पार्टीका कमिटीका पदाधिकारीलाई सम्बोधन गरेका छन् ।

    एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रतिबद्धता-पत्र तयारी भर्चुअल कार्यशाला आयोजना गरेको हो । अध्यक्ष ओलीले विगतका केन्द्र, प्रदेश र स्थानीय तहमा नेकपा (एमाले) का सरकारहरूले गरेका गौरवपूर्ण कामहरू लिएर जनतामा जान निर्देशन दिएका छन् ।

    आज स्थानीय तहको निर्वाचन प्रतिबद्धता-पत्र तयारी कार्यशालालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले गठबन्धनका बारेमा भने, ‘गठबन्धन उहॉहरूको छनोट होइन, बाध्यता हो । बाघ देख्यो भने हरिण कुद्छ । यो हरिणको कुनै छनोट होइन, बाध्यता हो । नत्र त बाघले खाइहाल्छ ।’

    ओलीले थप्दै भने, ‘एमालेलाई अगाडि देखेपछि गठबन्धन गर्नुपरेन त ? तर, यसले हामीलाई फरक पार्दैन । दिनदिनै हजारौं मानिसले एमालेमा प्रवेश गरिरहनुभएको छ । हाम्रो विजय सुननिश्तित छ ।’

    पूर्वप्रधानमन्त्री ओलीले निर्वाचन घोषणापत्रका लागि परामर्श र पार्टीका नीतिबारे स्पष्ट पार्न एकैदिन प्रविधिमार्फत सम्बोधन गरेका हुन् । सो पार्टीको ११ चैत्र ११ गते शुक्रबार सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकले आजको कार्यक्रम तय गरेको थियो ।

    आगामी वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसर पारेर केन्द्रमा निर्वाचन घोषणापत्र र स्थानीय तहमा पार्टीका तर्फबाट प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।

    एमाले एक पार्टी र अरु सबै एक पार्टी भएकाले कुनै दुविधाविना निर्वाचनमा हाोमिन पनि उनले निर्देशन दिए । प्रतिबद्धता-पत्र मस्यौदा समितिका संयोजक तथा बरिष्ठ उपाध्यक्ष कमरेड ईश्वर पोखरेलले प्रतिबद्धता-पत्रका सैद्धान्तिक पक्षमाथि प्रकाश पारेका थिए ।

    मस्यौदा समितिका सदस्य सुशील ज्ञवालीले प्रतिबद्धता-पत्रका बारेमा विस्तृत रूपमा व्याख्या गरे । कार्यक्रममा स्थायी कमिटीका सदस्यहरू, प्रदेश र जिल्ला कमिटीका पदधिकारीहरू र पार्टीबाच निर्वाचित पालिका प्रमुखहरू सहभागी थिए । उनीहरुले पार्टीबाट गरिएका अपेक्षाहरू राखेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.