सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जिल्ला अदालतको आदेशविरुद्ध पलले दिए उच्च अदालतमा निवेदन


  •    न्युजभित्तो/१५ चैत्र २०७८, मंगलवार १४:५५ 
  • काठमाडौँ,१५ चैत्र।  जिल्ला अदालत तनहुँले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध अभिनेता पल शाहले उच्च अदालतमा निवेदन दिएका छन् । अभिनेता शाहले जिल्ला अदालत, तनहुँको आदेशविरुद्ध उच्च अदालत, पोखरामा पुनरावेदन निवेदन दिएका हुन् ।

    १७ वर्षिय नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेका नायक शाहलाई चैत्र १० गते बिहिबार जिल्ला अदालत, तनहुँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

    शाहका कानुनी सहयोगीले आज मंगलवार दिउँसो जिल्ला अदालतको फैसलाविरुद्ध तारेखमा थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पोखरामा पुनरावेदन निवेदन दर्ता गराएका हुन् ।

    तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि चैत्र १० गते शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

    गत फागुन ११ गते गायिका समेत रहेकी नाबालिग एक बालिकाले शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गरेपछि शाहले फागुन १५ गते प्रहरीमा आत्मसमर्पण गरेका थिए । प्रहरीले शाहलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

    शाहका कानुन व्यवसायीका अनुसार तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन गरेको आदेशविरुद्ध तारिखमा रिहाइ गरेर मुद्दा लड्न माग गर्दै उच्च अदालत पोखरामा पुनरावेदन गरिएको हो । जबर्जस्ती करणीको मुद्धामा थुनामा राखेर, साधारण तारिखमा रिहा गरेर वा धरौटीमा छाडेर अनुसन्धान गर्न अदालतले आदेश दिन सक्ने व्यवस्था छ ।

    पलले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । उनले अदालतमा समेत आफूले जबरजस्ती नगरेको बयान दिएका थिए । अहिले पल दमौली कारागारमा छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.