सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

छोरी बलात्कारका आरोपित बाबु थुनामा : गर्भ बस्न नदिन तीनमहिने सुई


  •    न्युजभित्तो/१५ चैत्र २०७८, मंगलवार ११:०० 
  • भरतपुर, १५ चैत्र ।  वर्षीया छोरीलाई बुबाले पटकपटक बलात्कार गरे । शारीरिक सम्बन्धपश्चात् गर्भ नरहोस् भनेर तीन महिने संगिनी सुई पनि लगाउने गरेका थिए । सबै कुरा भने मार्नेसम्मको धम्की दिएपछि बाबुविरूद्ध बोल्ने आँट छोरीमा भएन । बरू उनी परिवारबाट टाढिँदै गइन् ।

    छोरी केही समयदेखि कम बोल्ने, पढ्न बस्दा टोलाएर बस्ने, राति सुत्नका लागि साथीको घरतर्फ जानेजस्ता क्रियाकलाप गरेपछि आमाले छोरीसँग सोधपुछ गरिन् । छोरीको बदलिँदो व्यवहारबारे फकाएर सोधपुछ गर्दा बुबाले बलात्कार गर्ने गरेको जवाफ दिइन् ।

    घटना पाँच वर्षअघिदेखिको रहछ । बलात्कारपछि गर्भ नरहोस् भनेर गर्भनिरोधक सुई लगाउने गरेको समेत छोरीले बताएपछि आमा उजुरी लिएर प्रहरीसमक्ष पुगिन् ।

    शरीर सुमसुम्याउने, छोरीको संवेदनशील अङ्गहरुमा छुने÷चलाउने क्रियाकलाप गरेको भनी उजुरी प¥यो । छोरीलाई बलात्कार गरेको आरोपमा ५४ वर्षीय एक पुरूष सोमबार पुर्पक्षका लागि थुनामा गएका छन् । छोरी बलात्कार गरेको भनी पीडितकी आमाले पीडितका बुबाविरूद्ध इलाका प्रहरी कार्यालय रत्ननगरमा फागुन २० गते उजुरी दिएकी थिइन् ।

    न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई थुनामा पठाउने आदेश गरेको हो । बन्द इजलासमा बकपत्र भएको थियो ।

    ‘गर्भ नबसोस् भनेर तीनमहिने संगिनी सुईसमेत लगाउने गरेका रहेछन्’, पीडितकी आमाले भनिन्, ‘आफैँले जन्माएको छोरीमाथि यस्तो गर्नेलाई हदैसम्मको कारबाही होस् ।’ ‘छोरीमा पेट, पाठेघरसम्बन्धी समस्या देखिने गरेको उनले बताइन् । ‘पहिलेभन्दा छोरी धेरै शारीरिक र मानसिकरुपमा कमजोर छिन्’, उनले भनिन्, ‘उपचारका लागि अहिले पनि पटकपटक अस्पताल धाउने गरेका छौँ ।’

    घटना पहिलेकै भए पनि श्रीमान्ले मार्छु भनी धम्की दिएकाले छोरीले आफूलाई केही पनि नभनेको आमाको भनाइ छ । पछिल्लोपटक गत फागुन १ गते रातको समयमा पनि बलात्कार गरेको देखेपछि घटना सार्वजनिक भएको उनले बताइन् ।

    त्यस्तै, नौ वर्षकी झड्केलो छोरीलाई भरतपुर महानगरपालिका वडा नम्बर–५, नारायणपुर बस्ने ६२ वर्षका पुरूषले बाल यौन दुव्र्यवहार गरेको आरोपमा चितवन अदालतले आरोपितलाई ६ महिना कैद र ५० हजार क्षतिपूर्ति हुने फैसला गरेको छ । न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले आइतबार उक्त फैसला गरेको हो । साथै, पीडितको नाममा दुई लाख रूपैयाँ क्षतिपूर्ति भराउनेसमेत फैसला भएको छ । घटना गत वर्ष चैत ३१ गतेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.