पाँच जना चढेको मोटरसाइकल दुर्घटना हुँदा ४ बालकको मृत्यु, एक घाइते
न्युजभित्तो/१५ चैत्र २०७८, मंगलवार ०८:०३
धनुषा, १५ चैत । धनुषामा एउटै मोटरसाइकलमा सवार ४ जना बालकको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । सोमबार राति साढे ८ बजे सबैला नगरपालिका–१२ बरकुर्वामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार उनीहरु चढेको ज६प ६७३९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भीर भएका घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याइएको थियो । छ मध्ये चार जनाको मृत्यु भएको छ । दुर्घटनामा सबैला नगरपालिका–२ का १५ वर्षीय राहुल यादव, १२ वर्षीया लक्ष्मी यादव, विकास यादव र १४ वर्षीय सुमित यादवको मृत्यु भएको हो ।
दुर्घटनामा परेका सबैला–२ कै १९ वर्षीय सुरेन्द्र यादव घाइते छन् र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो ।