सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मैयादेवीलाई लोकतान्त्रिक योद्धा सम्मान


  •    न्युजभित्तो/१३ चैत्र २०७८, आईतवार १५:११ 
  • चितवन,१३ चैत। सामाजिक तथा राजनीतिक व्यक्तित्व मैयादेवी श्रेष्ठलाई लोकतान्त्रिक योद्धा सम्मान प्रदान गरिएको छ । प्रजातान्त्रिक विचार समाज केन्द्रीय समितिले आज उहाँलाई सम्मान गरेको हो ।

    केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसीको नेतृत्वमा यहाँ आएको केन्द्रीय पदाधिकारी, जिल्ला समिति, नेपाली कांग्रेस चितवनका सभापतिसहितको उपस्थितिमा उहाँकै निवासमा सम्मान गरिएको हो । शारीरिक अस्वस्थताका कारण ९४ वर्षीया श्रेष्ठलाई समाजले निवासमै सम्मान गरेको हो ।

    श्रेष्ठलाई सम्मान गर्दै केसीले सामाजिक र राजनीतिक क्षेत्रमा उहाँको योगदानको चर्चा गर्नुभएको थियो । युवादेखि अहिलेसम्म उहाँ पार्टी र समाजमा पु¥याएको योगदान अहिलेको पुस्ताले भुल्न नहुनेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो “अहिले उहाँले चाहेर पनि सक्नुहुन्न, सक्ने समयमा हामीले समाजलाई जे सक्छौं, त्यो दिनुपर्छ ।”

    समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले पार्टीदेखि पत्रकारसम्म श्रेष्ठले पु¥याएको सहयोगको चर्चा गर्नुभयो । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बोल्न सक्ने अवस्थासम्म श्रेष्ठले जहिले भेट्दा पनि नयाँ र ऊर्जाशील कुरा भन्ने गरेको बताउनुभयो । हालसम्म विभिन्न सामाजिक सङ्घसंस्थालाई अहिले बजार मूल्य हेर्दा रु एक अर्बभन्दा बढी भौतिक सम्पत्ति दान गरिसकेको छोरा टङ्कनाथ पौडेलले जानकारी दिनुभयो ।

    सो अवसरमा समाजका केन्द्रीय उपाध्यक्ष डा ईश्वरीप्रसाद लौडारी, महासचिव गोकर्ण अर्याल, समाजका बागमती प्रदेश संयोजक भरतप्रसाद दवाडी, लुम्बिनी प्रदेश संयोजक शङ्कर विवस मजगैया, समाजका जिल्ला अध्यक्ष डा देवीप्रसाद कँडेललगायतले श्रेष्ठको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

    श्रेष्ठलाई समाजले सम्मानसँगै दिएको नगद रु २५ हजारमा थप गरी रु एक लाख ११ हजार १११ समाजको जिल्ला समितिलाई छोरा पौडेलले अक्षयकोष स्थापनाका लागि उपलब्ध गराउनुभएको थियो । केन्द्रीय समितिले २०७७ को सम्मान श्रेष्ठलाई अर्पण गरेको हो ।

    विसं २०६७ को नुतन थपलिया, २०७५ को पुरुषोत्तम बस्नेत, २०७४ को चक्रप्रसाद बाँस्तोला, २०७३ को इन्द्रकान्त मिश्र र २०७२ को कुलबहादुर गुरुङलाई प्रदान गरेको थियो । श्रेष्ठले नेपाली कांग्रेस केन्द्रीय कार्यालय, जिल्ला कार्यालय, वडा कार्यालयका लागि भवन बनाउन जग्गा उपलब्ध गराउनुभएको छ । यसैगरी उहाँले नेपाल प्रेस युनियन चितवन शाखासहित विभिन्न सङ्घसंस्था र व्यक्तिलाई जग्गा दान गर्नुभएको छ । उहाँकै नामबाट भरतपुरमा सुश्री मैयादेवी कन्या कलेज सञ्चालनमा छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.