सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा म्यादी प्रहरी : मागभन्दा तीन गुणाबढीले दिए आवेदन


  •    न्युजभित्तो/१३ चैत्र २०७८, आईतवार १०:२७ 
  • भरतपुर,१३ चैत्र।  चितवनमा म्यादी प्रहरीको माग भन्दा तीन गुणाबढीले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि चितवनमा एक हजार ७०९ म्यादी प्रहरीको माग भएको थियो ।

    निर्धारित समय चैत ११ गतेसम्म चार हजार ३३ पुरूष र एक हजार ४३३ महिला गरी जम्मा पाँच हजार ४६६ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।

    अन्तिम दिन चैत ११ गते मात्रै एक हजार २७ पुरूष र २९३ महिला गरी एक हजार ३२० जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका थिए । चितवनमा चैत ६ गतेदेखि म्यादी प्रहरीको लागि आवेदन खुला गरिएको थियो । आवेदन खुला भएसँगै म्यादी प्रहरीको लागि आवेदन दिनेको भीड लागेको थियो ।

    १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका कुनै पनि नेपाली नागरिकले म्यादी प्रहरीका लागि फाराम भर्न सक्ने भनिएको थियो । आवेदन दिएर छनोट भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् ।

    आवेदन दिएकाले चैत १३ गते प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्ने अधिकारीले बताए । चैत १५ गतेदेखि शारीरिक परीक्षण गरेर चैत २२ गते म्यादी प्रहरीको अन्तिम नामावली प्रकाशन गरिनेछ । म्यादी प्रहरीलाई चैत २८ गतेदेखि तालिम दिएर स्थानीय तहको चुनावमा ४० दिन काममा खटाइने छ ।

    म्यादी प्रहरीले तलब, पोसाक भत्ता, अन्य सामग्री खरिदका लागि ४० दिनको ४४ हजार ४४० रूपैयाँ पाउनेछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.