चितवनमा १ हजार ७ सय म्यादी प्रहरीका लागि ५ हजार ४६६ जनाको आवेदन
न्युजभित्तो/१२ चैत्र २०७८, शनिबार १४:३९
चितवन, १२ चैत । आगामी स्थानीय निर्वाचनका लागि चितवनमा ५ हजार ४६६ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका हुन् । जिल्लामा १ हजार ७०९ जना म्यादी प्रहरीको माग गरिएको हो । आवेदन दिने मध्ये ४ हजार ३३ जना पुरुष र १ हजार ४३३ जना महिला रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चैत ११ गते शुक्रबार निवेदन दिने अन्तिम मिति रहेको थियो । म्यादी प्रहरीका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन पाउने व्यवस्था रहेको छ । अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुनुपर्ने प्रहरीले जनाएको छ । ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो।
म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ बाट सुरु हुनेछ। चैत २२ गत अन्तिम नतिजा प्रकाशन गरेर चैत २८ मा प्रशिक्षण सुरु हुनेछ। छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने प्रहरीले न्यूजभित्तोलाई जनाएको छ ।