सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काठमाण्डौं जाँदै गरेको बस चितवनको ईच्छाकामनामा पल्टिँदा ३८ जना घाईते


  •    न्युजभित्तो/१२ चैत्र २०७८, शनिबार १४:२३ 
  • चितवन, १२ चैत । जिल्लाको ईच्छाकामना गाउँपालिका वडा नं. ३ पानीधारा स्थित पृथ्वी राजमार्गमा बस पल्टिँदा ३८ जना घाईते भएका छन् । काकडभिट्टाबाट काठमाण्डौंतर्फ जाँदै गरेको बा ५ ख ७९४२ नम्बरको बस दुर्घटना भएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः२० बजेको समयमा आफै अनियन्त्रि भई बस सडकमा पल्टिएको थियो । दुर्घटनामा परी ३८ जना घाईते भएका छन् । घाईते मध्ये २५ जनाको स्थानीय फिस्लिङ स्थित पोलिक्लिनिकमा उपचार भईरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ । ६ जना घाईतेको भरतपुरस्थित कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भईरहेको छ । उनीहरु मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा घाईते मध्ये पाँच जनालाई काठमाण्डौंको बि एण्ड बि अस्पताल गिएको छ । उनीहरु मध्ये दुई जना गम्भीर घाईते रहेका छन् । घटनाका सामान्य घाईते दुई जना काठमाण्डौंतर्फ गएको प्रहरीले न्यूजभित्तोलाई जनाएको छ ।

    दुर्घटनापछि बन्द रहेको यातायात क्रेनको सहायताले बसलाई हटाएपछि दुईतर्फ संचालनमा आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.