सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पश्चिम नवलपरासीको चुनावी सरगर्मी बढ्यो, यस्तो छ अवस्था


  •    न्युजभित्तो/१२ चैत्र २०७८, शनिबार ०९:१९ 
  • नवलपरासी, १२ चैत । स्थानीय तहको निर्वाचन नजिकिएसँगै पश्चिम नवलपरासीमा चुनावी महोल तातेको छ । दुईवटा संघीय र चारवटा प्रदेश निर्वाचन क्षेत्र रहेको जिल्लामा रहेका सातवटा पालिकाहरुमध्ये तीन वटा नगरपालिका छन् ।

    बर्दघाट, सुनवल र रामग्राम जिल्लाभित्र रहेका नगरापलिकाहरु हुन् भने सुस्ता, सरावल, प्रतापुर र पाल्हिनन्दन गरी चारवटा गाउँपालिका छन् । गत निर्वाचनमा नेपाली काङ्ग्रेसले रामग्राममा मेयर र उपमेयर अनि सुनवल नपामा मेयर जितेको थियो ।

    सरावल, प्रतापपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको थियो । सुस्तामा अध्यक्ष र उपाध्यक्ष एमालेले हात पारेको थियो । सुनवल नगरपालिकामा उपप्रमुख एमालेले जितेको थियो । पाल्हिनन्दन गाउँपालिकामा भने माओवादी केन्द्रले अध्यक्ष र उपाध्यक्ष जितेको थियो ।

    चासोको रुपमा रहेको बर्दघाट नगरपालिकामा २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले १६ वटा वडामध्ये ९ वटा वडासहित मेयर र उपमेयर आफ्नो पोल्टामा पारेको थियो ।

    ६ वटा वडा नेपाली काङ्ग्रेसले र बाँकी एउटा नेकपा माओवादी केन्द्रले जितेको थियो । यहाँ पाँच वर्षको दौरानामा राजनीतिक र जनसंख्यामा समेत धेरै परिवर्तन आइसकेको छ । पार्टीहरु विभाजन र एकीकृत भएको अवस्थासमेत छ ।

    धेरैको चासो पश्चिम नवलपरासीको बर्दघाटप्रति देखिन्छ । नेकपा एमालेले आफ्नो शाख जोगाउला वा काङ्ग्रेसले एमालेबाट सत्ताको बागडोर खोस्ला ? काङ्ग्रेससहितको गठबन्धनले एमालेलाई घेराबन्दीमा पारेर स्थानीय सत्ताबाट च्यूत गर्ला ? यीनै प्रश्नका सेरोफेरोमा चुनावले बर्दघाट तातेकै छ ।

    नेकपा एमाले जिल्ला कमिटीका सचिव धीरज शर्मा बस्याललाई मेयरमा दोहो¥याउने अड्कल काटिरहँदा नेकपा एमाले नगर कमिटीका अध्यक्ष एवम् नगर प्रवक्ता रवीन्द्र विक्रम हमालले आफ्नो मेयर बन्ने दाबी छाडेका छैनन् । कावील नेताका रुपमा परिचित हमालले मेयर पदमा हमला गर्दैछन् ।

    त्यतिमात्र होइन मेयरको दाबी गर्नेहरुमा पश्चिम नवलपरासी एमालेका इन्चार्ज सरिता खनाल, सचिवालय सदस्य गोपाल आले र बौद्धिक नेता एवम् दिव्यज्योति क्याम्पसका पूर्व प्रमुख बद्री खनालसमेत छन् ।

    काङग्रेसले शम्भुलाल श्रेष्ठलाई मेयरमा उठाउने तयारी गरिरहेको छ । एक्लाएक्लै चुनाव लड्दा मञ्जु चालिसे उपप्रमुखको उम्मेदवार बन्नेछन् । कम्युनिष्टहरु विभाजनको स्थितिमा रहँदा काङग्रेसले विजयको माला पहिरनसक्ने अनुमान काङग्रेस वृत्तमा चलिरहेको बेला गत स्थानीय निर्वाचनमा काङग्रेसबाटै मेयरका उपविजेता विश्वप्रेम पाठक चुनावी माहोल आफ्नो पक्षमा पार्ने तयारीमा देखिन्छन् ।

    माओवादी केन्द्र र काङग्रेसबीच गठबन्धन भएमा माओवादीका रुद्रप्रकाश उपाध्याय नगर उपप्रमुखमा चुनाव लड्ने पक्कापक्कीजस्तै छ । यता एमालेका केही नेताहरुले जनमुक्ति पार्टीसँग उपप्रमुख साट्ने तयारी गरिरहेता पनि स्थानीय एमाले पार्टी पंतिm भने त्यसो गर्न नहुने बताउँदैछ ।

    खासै जनाधार नभएको जनमुक्ति पार्टी अनि एमाले आफै शक्तिशाली रहेको अवस्थामा एमालेलाई कसैसँग तालमेल जरुरी नरहेको बताउँदै एमाले एक्लै चुनाव लड्नुपर्नेमा स्थानीय एमाले नेता कार्यकर्ताहरु बताउँदै आएका छन् । २०७४ सालमा माओवादी केन्द्रबाट नगर उपप्रमुखको उम्मेदवार रहेकी सीमा गिरी नेकपा विभाजनसँगै एमालेमा समाहित रहेको कारण समेत तालमेल जरुरी देख्दैनन् एमाले कार्यकर्ताहरु ।

    नगर उपप्रमुखमा मायादेवी पौडेल दोहोरिने इच्छा प्रकट गरेकी छन् भने जिल्ला कमिटी सदस्य एवम् वडा नं। २ की वडाध्यक्ष दया दर्लामीसमेत नगर उपप्रमुखको दाबी गरेकी छन् । संसदीय फिल्डमा अनुभव हासिल गरेको,आदिवासी महिला भएको र युवा नेताको हैसियतले दर्लामीको उपप्रमुख टिकटमा दावी स्वभाविक रहेको उनका समर्थकहरु बताउँछन् ।

    बर्दघाटमा पुराना केही नेताहरु नेकपा एसमा लागेका कारण चुनावमा नेकपा एमालेलाई केही क्षति हुनसक्ने भएपनि माओवादीबाट एमालेमा आएको समूहले त्यसको क्षतिपूर्ति गर्ने दावी एमाले नेताहरुको छ । गत स्थानीय तहको निर्वाचनमा बर्दघाट नगरपालिकाको मेयरमा एमालेले १२ हजार ८१४, कांग्रेसले ११ हजार ७७४ र माओवादीले १ हजार ८५० मत ल्याएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.