सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्वाचनमा होमियो चितवन कांग्रेस , ९८ वडामा प्रतिनिधि खटाईयो


  •    न्युजभित्तो/११ चैत्र २०७८, शुक्रबार ०८:३० 
  • चितवन, ११ चैत । गत निर्वाचनमा एउटा पालिका प्रमुख र ३५ वडामा विजयी हात पारेको कांग्रेस चितवनले आगामी स्थानीय निर्वाचनमा बर्चश्व कायम गर्ने गरी निर्वाचनमा होमिएको छ । कांग्रेसले ९८ वडामा प्रतिनिधि खटाएर चुनावमा होमिएको हो ।

    निर्वाचन लक्षित गरेर कांग्रेसले विभिन्न गतिविधि गर्दै आएको भए पनि आक्रामकण रुपमा भने बल्ल चुनावी अभियानमा लागेको छ । जिल्ला सभापति राजेश्वर खनाल जिल्लाको स्थानीय तहमा बर्चश्व कायम हुने गरी अभियान थालेको बताउनुहुन्छ । उहाँका अनुसार वडामा खटिएका प्रतिनिधिहरुलाई बिहीबार अभिमुखीकरण प्रशिक्षण गरिएको छ । खनालको भनाईमा ती प्रतिनिधिहरु चैत १२ गते बिहानबाट आआफ्नो वडामा खटिने छन् । ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तर्गत वडा कमिटी, टोल कमिटी, स्थानीय कार्यकर्तालाई परिचालन गरेर उनीहरुले घरदैलो कार्यक्रम गर्ने खनालले जानकारी दिनुभयो । उहाँले न्यूजभित्तोलाई भन्नुभयो “दिनसम्म वडामा रहेर प्रतिनिधिले काम गर्ने छन् ।”

    पार्टीका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला कार्यसमितिका सदस्यहरु, प्रदेश प्रतिनिधि र केही बौद्धिक क्षमता भएका पार्टीका बुद्धिजीविहरुलाई वडामा खटाईएको छ । उनीहरुले घरदैलोसँगै वडामा पार्टी र अन्य पार्टीको अवस्थाबारे जितका लागि चाल्नु पर्ने कदमहरु लगायतका विषयमा पनि अध्ययन गर्ने सभापति खनालको भनाई छ । भोलि शनिबार बिहान ११ः३० बजे एकै साथ जिल्लाका ९८ वडामा अभियान शुरु गरिने खनालले बताउनुभयो ।

    पार्टीले फागुन २९ गतेबाट जिल्लामा निर्वाचन अभियान शुरु गरेको थियो । चैत १ गते संघीय क्षेत्रमा र चैत ७ गते पालिकामा चुनावी अभियान शुरु गरिसकेको छ । जिल्लामा नेपाली कांग्रेसको क्रियाशील सदस्य संख्या २८ हजार रहेको छ । सात पालिकाको ९८ वडा मध्ये गत निर्वाचनमा कांग्रेसले ३५ वडा जितेको थियो । ईच्छाकामना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष तथा भरतपुर महानगरपालिकामा उपप्रमुख बाहेक अन्यत्र नेतृत्व कांग्रेसले गुमाएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.