माडी,१० चैत्र। चितवनको माडीमा सशस्त्र प्रहरीका दुई वटा बोर्डर आउट पोष्ट ‘बीओपी’ आफ्नै भवनमा सरेका छन् ।विद्यालयको भवनमा राखिएको बाँदरझुलाको बीओपी र सामुदायिक भवनमा रहेको छरछरे बीओपीका लागि आफ्नै भवन बनेको हो । नवनिर्मित भवनको सशस्त्र प्रहरी बल नेपाल नम्बर तीन गढीमाई बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधानले बुधबार उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतो, चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, १७ न गणका प्रमुख मनोज थापा, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
भारतसँग सीमा जोडिएको चितवनको माडीमा सशत्र प्रहरीका ६ वटा बीओपी रहेका छन् । ती सबैको आफ्नै भवन थिएन । मर्ज भएर खाली रहेका विद्यालय तथा सामुदायिक भवनहरूमा बीओपी रहेका छन् । अहिले दुई वटाको आफ्नै भवन बनेको हो । सशस्त्र प्रहरी बल १७ नम्बर गण आँपटारीको मातहत माडीमा बीओपी रहेका छन् । १७ नम्बर गणका सूचना अधिकारी एबम् प्रहरी नायब उपरीक्षक ९डीएसपी० सुशील कुमार शाहीका अनुसार बाँदरझुला, छरछरेसँगै माडीमा बाल्मिकी आश्रम, कल्याणपुर, कान्छी बगाई र गर्दी भङ्गटामा सशस्त्रका बीओपी रहेका छन् ।
डीएसपी शाहीका अनुसार हाल १ बिघा १० कठ्ठा क्षेत्रफलमा फैलिएको बाँदरझुला बीओपीका लागि ८७ लाख १५ हजारको लागतमा भवनहरू निर्माण गरिएको हो । यस्तै ५ बिगाहा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको छरछरे बीओपीका लागि ७८ लाख १२ हजारको लागतमा भवनहरू निर्माण गरिएको हो । अन्य बीओपीको आफ्नै भवन बनाउनका सरकारले बजेट छुट्याउनुपर्ने उनले बताए ।
निकुञ्ज क्षेत्र भएकाले मान्छेको आवतजावत माडीको सिमाना क्षेत्रमा खासै हुँदैन । त्यसैले अब माडीमा नयाँ स्थानमा बीओपी राख्नुपर्ने अवस्था नरहेको शाहीले बताए ।
माडी,१० चैत्र। चितवनको माडीमा सशस्त्र प्रहरीका दुई वटा बोर्डर आउट पोष्ट ‘बीओपी’ आफ्नै भवनमा सरेका छन् ।विद्यालयको भवनमा राखिएको बाँदरझुलाको बीओपी र सामुदायिक भवनमा रहेको छरछरे बीओपीका लागि आफ्नै भवन बनेको हो ।
नवनिर्मित भवनको सशस्त्र प्रहरी बल नेपाल नम्बर तीन गढीमाई बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधानले बुधबार उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतो, चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, १७ न गणका प्रमुख मनोज थापा, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
भारतसँग सीमा जोडिएको चितवनको माडीमा सशत्र प्रहरीका ६ वटा बीओपी रहेका छन् । ती सबैको आफ्नै भवन थिएन । मर्ज भएर खाली रहेका विद्यालय तथा सामुदायिक भवनहरूमा बीओपी रहेका छन् । अहिले दुई वटाको आफ्नै भवन बनेको हो । सशस्त्र प्रहरी बल १७ नम्बर गण आँपटारीको मातहत माडीमा बीओपी रहेका छन् ।
१७ नम्बर गणका सूचना अधिकारी एबम् प्रहरी नायब उपरीक्षक ९डीएसपी० सुशील कुमार शाहीका अनुसार बाँदरझुला, छरछरेसँगै माडीमा बाल्मिकी आश्रम, कल्याणपुर, कान्छी बगाई र गर्दी भङ्गटामा सशस्त्रका बीओपी रहेका छन् ।