सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बजेट होलिडेको असर : चितवनमा १० प्रतिशत कम विकास खर्च


  •    न्युजभित्तो/१० चैत्र २०७८, बिहीबार १३:५७ 
  • भरतपुर,१० चैत्र । शेरबहादुर देउवा नेतृत्वको सरकारको अक्षमताका कारण देशमा बजेट होलिडेको अवस्था सिर्जना भएपछि त्यसको असर पुँजीगत खर्चमा परेको छ । सरकारले यस आर्थिक वर्ष २०७८/७९ को संशोधित बजेट समयमै पास गर्न नसकेपछि असोजमा बजेट होलिडे भएको थियो ।

    विगतका वर्षहरुमा यसै पनि न्यून पुँजीगत (विकास) खर्च हुने गरेकामा यस आर्थिक वर्षको आठ महिनामा विकास खर्च अत्यधिक कम भएको छ । विगतका आवको यस अवधिसम्मको तुलनामा यस आवमा १० प्रतिशत कम पुँजीगत खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय भरतपुरले जनाएको छ ।

    कार्यालयका अनुसार चालू आवको फागुन मसान्तसम्म संघतर्फ १६.९ प्रतिशत र प्रदेशतर्फ १७.३७ प्रतिशत पुँजीगत खर्च भएको छ । पुँजीगत खर्चलाई विकास निर्माणमा गरिने खर्चका रुपमा लिइन्छ । गत आवको यस अवधिमा २५ प्रतिशतभन्दा बढी पुँजीगत खर्च भएको थियो ।

    यस आवमा चितवनका लागि संघतर्फ नौ अर्ब ८० करोड ७० लाख २१ हजार र प्रदेशतर्फ दुई अर्ब ८५ करोड ५६ लाख १२ हजार रूपैयाँ पुँजीगत बजेट प्राप्त भएको थियो । फागुन मसान्तसम्म संघतर्फ एक अर्ब ५७ करोड ५८ लाख ६४ हजार र प्रदेशतर्फ ४९ करोड २१ लाख ५७ हजार रूपैयाँ पुँजीगत खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

    देउवा सरकारले संशोधित बजेट संसद्बाट पास गर्ने क्रममा बजेट होलिडेको अवस्था सिर्जना भएकाले पुँजीगत खर्च सोचेजति नभएको कार्यालयका सूचना अधिकारी एवं कोष नियन्त्रक मुक्तिप्रसाद चापागाईं बताउँछन् । ‘यतिबेलासम्म त पुँजीगत खर्च २५ प्रतिशतभन्दा बढी हुनुपर्ने हो’, उनले भने, ‘पुँजीगत खर्चमा बजेट होलिडेको प्रभाव परेको हो ।’

    सरकारले बजेट संशोधन गर्ने भएपछि खर्च गर्ने निकायमा योजना पर्ने हो कि होइन भनेर अन्योल सिर्जना भएको उनी बताउँछन् । ‘बजेट खर्च गर्ने निकायले टेन्डर निकाल्ने प्रक्रियासमेत अघि बढाउन सकेनन् । योजना पर्छ कि पर्दैन भनेर अन्योल भयो’, उनी भन्छन्, ‘त्यसको केही असर परेकाले पनि केही कम खर्च भएको हो ।’

    कसरी भयो बजेट होलिडे ?

    यस आर्थिक वर्षको बजेट ल्याउने समयमा सरकारले संसद् विघटन गरेकाले तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते अध्यादेशमार्फत बजेट ल्याएका थिए । आव सुरू हुनुभन्दा ४५ दिनअघि नै बजेट ल्याउने परम्परा छ ।

    असार २८ गते संसद् पुनस्र्थापना भयो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने । विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेट पारित गर्नका लागि देउवा सरकारले साउन ३ गते संसद्मा पेश ग¥यो ।

    उक्त बजेट संसद्मा पेश गरेको ६० दिनभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था थियो । तर, देउवा सरकारले माधव नेपाललाई पार्टी विभाजन गरेर नयाँ पार्टी गठन गर्न सजिलो बनाउने गरी साउन ३२ गते संसद् अधिवेशन अन्त्य ग¥यो ।

    माधव नेपालको नेकपा (एकीकृत समाजवादी) दर्ता भइसकेपछि देउवा सरकारले पुनः भदौ २३ गते संसद् अधिवेशन बोलायो । आफूले कारबाही गरेका माधव नेपालसहितका १४ सांसद्लाई पदमुक्त नगरिएपछि नेकपा एमालेले संसद् अवरूद्ध गर्न थाल्यो । एमालेको अवरोधका बीच देउवा सरकारले भदौ २५ गते बजेट प्रतिस्थापन विधेयक संसद्मा पेश ग¥यो ।

    केपी ओलीको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट संशोधन गर्नका लागि देउवा सरकारले प्रतिस्थापन विधेयक पेश गरेको थियो । अध्यादेशमार्फत ल्याइएको बजेट भदौ ३० गतेभित्र संसद्बाट पारित गर्नुपर्ने थियो । तर, एमालेको चरणबद्ध संसद् अवरोधका कारण देउवा सरकारले संशोधित बजेट पास गर्न सकेन । देउवा सरकारले बजेट पास नगरी असोज ४ गतेसम्मका लागि संसद् अधिवेशन स्थगित ग¥यो र बजेट होलिडेको अवस्था सिर्जना भयो ।

    सरकारले पेश्की बजेट पनि ल्याउन सक्थ्यो तर त्यसो नगरी बजेट होलिडे अर्थात् बजेट खर्च गर्नै नसक्ने अवस्था आयो । बजेट होलिडे सरकारले नियमित राजस्व संकलन ग¥यो, तर पुँजीगत खर्च गर्न भने पाएन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.