सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एक सय ७९ क्षेत्रमा कृषि गणना


  •    न्युजभित्तो/१० चैत्र २०७८, बिहीबार १०:५४ 
  • चितवन,१० चैत। सातौँ राष्ट्रिय कृषि गणनाअन्तर्गत जिल्लामा १७९ क्षेत्रमा कृषि गणना गरिने भएको छ । जिल्लामा रहेका सात पालिकालाई सो क्षेत्रमा विभाजन गरी गणना गर्न लागिएको हो ।

    जिल्ला कृषिगणना कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा ३७, रत्ननगर नगरपालिकामा २५, खैरहनी नगरपालिकामा २८, राप्ती नगरपालिकामा २५, कालिका नगरपालिकामा २२, माडी नगरपालिकामा २८ र इच्छाकामना गाउँपालिकामा १४ गणना क्षेत्र रहेका छन् । कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीका अनुसार हरेक १०÷१० वर्षमा गरिने कृषि गणना सम्पन्न गर्नका लागि जिल्लामा ८० कर्मचारी परिचालन गरिने छ । सोह« सुपरिवेक्षक र ६४ गणक परिचालन गरिने उहाँले जानकारी दिनुभयो ।

    उनीहरुले ४५ दिन काम गर्ने छन् । गणकलाई यही चैत २४ गतेसम्म करारमा नियुक्त गरेर काम लगाइने छ । गणक र सुपरिवेक्षकलाई चैत २५ गतेदेखि आगामी वैशाख ३ गतेसम्म तालिम दिइने छ । तालिमपछि वैशाख ६ गतेबाट ज्येष्ठ १९ गतेसम्म तथ्याङ्क सङ्कलनमा खटाइने भण्डारीले जानकारी दिनुभयो । गणकले एक गणना क्षेत्रमा २५ परिवारको तथ्याङ्क सङ्कलन गर्ने छन् । उनीहरुले विभिन्न १३ विधामा प्रश्नावली भर्ने छन् । यस्तै वडास्तरीय सामुदायीक प्रश्नावलीसमेत समेटिएका विषय रहने छन् ।

    नेपालको पछिल्लो जनगणनाको प्रारम्भिक तथ्याङ्कअनुसार ४१ लाख घरपरिवार कृषक परिवार रहेको पाइन्छ । गणनाका क्रममा कृषकले भोगचलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग बाली लागेको जग्गाको क्षेत्रफल, मुख्य बालीको उत्पादन र सिँचाइको विवरण लिइने छ । यस्तै कृषि सामग्री र औजारको उपयोग, पशुपन्छीको सङ्ख्या, आहारसम्बन्धी विवरण, कृषि कार्यमा संलग्न जनशक्ति, लिङ्गका आधारमा कृषि जग्गाको स्वामित्वको अवस्थाबारे गणकले तथ्याङ्क सङ्कलन गर्ने छन् । कृषि वन, कृषि ऋण, बीमा अनुदान, कृषि कार्यमा जलवायु परिवर्तनका प्रभाव, हरितगृह पद्धतिको प्रयोग माटो परीक्षण कृषि बजारसम्मको पहुँच, कृषि अवशेष र फोहोरको व्यवस्थापनजस्ता विषयमा तथ्याङ्क सङ्कलन गरिने उहाँले बताउनुभयो ।

    जिल्लामा कृषि गणना कार्यालय चैत १ गते स्थापना गरी काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो । कृषि गणनबाट प्राप्त तथ्याङ्कको प्रयोगले सरकारले परिकल्पना गरेको कृषि क्षेत्रको विकास एवं समृद्धिका लागि मद्दत पुग्ने जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.