सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

१२ वर्षकी बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ


  •    न्युजभित्तो/९ चैत्र २०७८, बुधबार १०:३० 
  • बझाङ,९ चैत्र । आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा बझाङमा १९ वर्षका किशोर पक्राउ परेका छन् । उनले आफ्नै १२ वर्षकी बहिनीलाई गाई गोठमा लगेर बलात्कार गेरको खुलेको हो ।

    जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार ती किशोरले गत चैत ६ गते बेलुका ५०० रूपैयाँ दिने लोभ देखाएर आमा नभएको बेला गोठमा लगेर मोवाइलमा भिडियो देखाई बलात्कार गरेको खुलेको हो ।

    आमा खेतमा मल लगाउन गएको मौका छोपी किशोरले बलात्कार गरेको र भागेको प्रहरीको भनाइ छ । त्यसपछि आमा खेतबाट आएपछि छोरीले घटनाबारे सुनाएकी थिइन् ।

    त्यसपछि छटनाको रहस्य बाहिरियो । घटनाबारे थापा पाएपछि पीडितकी आमाले प्रहरीमा भोलिपल्ट चैत ७ गते उजुरी दिएकी थिइन् । उक्त उजुरीका आधारमा प्रहरीले किशोरलाई नियन्त्रणमा लिएको छ ।

    आरोप लागेका किशोर र पडित बालिकाको ठेगाना खुलाईएको छैन । जबरजस्ती करणीअन्तर्गत चलाइएको मुद्धामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    बालिकाको स्वास्थ परीक्षण गरी महिला सुरक्षित आवास गृह (सेभ हाउस)मा जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.