सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अभिनेता पलविरुद्ध तनहुँ जिल्ला अदालतमा पनि मुद्दा दर्ता


  •    न्युजभित्तो/८ चैत्र २०७८, मंगलवार १५:३९ 
  • काठमाडौं,८ चैत । मोडल एवं अभिनेता पूर्णविक्रम शाह उर्फ पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा पनि बलात्कार मुद्दामा अभियोग–पत्र दायर भएको छ । एक किशोरी गायिकाले दिएकी उजुरीका आधारमा अभिनेता पल शाहविरुद्ध सरकारी वकिलको कार्यालयल अभियोग–पत्र दायर भएको हो ।

    अभिनेता शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दाबी गर्दै मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जनाएको छ । सरकारी वकिल कार्यालयका अनुसार अभिनेता शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ ।

    उक्त दफामा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ । गत फागुन ११ गते किशोरी गायिकाले आफूमाथि पटक–पटक बलात्कार भएको भन्दै अभिनेता शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् ।

    त्यसोत, यस अगाडि नै नवलपरासी पूर्वमा पनि अभिनेता शाहविरुद्ध मुद्दा दायर भइसकेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.