जनताको सुरक्षा गर्न प्रहरी बनेकी उर्मिला ‘जनता’बाटै मारिइन्
न्युजभित्तो/७ चैत्र २०७८, सोमबार ११:२८
विराटनगर,७ चैत । खोटाङकी उर्मिला श्रेष्ठ जनतालाई सुरक्षा दिने र सेवा गर्ने उद्देश्यले प्रहरीमा प्रवेश गरेकी थिइन् । २३ वर्षको उमेरमा २०७६ साउन १ गते प्रहरी सेवामा प्रवेश गरेकी उनी खुसी थिइन् ।
२६ वर्षकी उर्मिला आफ्ना दाइकै पाइला पछ्याउँदै प्रहरी बनेकी थिइन् । उदयपुरको त्रियुगामा विवाह गरेकी उनले प्रहरी जवानलाई नै जीवनसाथी रोजेकी थिइन् । तर उनी जसको सेवा गर्छु र जसलाई शान्ति सुरक्षा दिन्छु भनेर प्रहरी बनेकी थिइन्, उनीहरुकै आवेगबाट मारिइन् । घर परिवार आफन्त र साथीसंगीका आँखा चिसो बनाउँदै उनी सदाका लागि अस्ताइन् । प्रदेश प्रहरी गण विराटनगरमा कार्यरत श्रेष्ठ मोरङको लेटाङ–५ मा भएको झडपमा परेर मारिइन् ।