सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फोनिजको महाधिबेशन सौराहामा


  •    न्युजभित्तो/४ चैत्र २०७८, शुक्रबार १६:४७ 
  • चितवन,४ चैत्र । नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज)को सातौ राष्ट्रिय महाधिबेशन पर्यटकीय नगरी सौराहामा हुने भएको छ । महाधिबेशन यही चैत ६ र ७ गते हुन लागेको हो ।

    महाधिबेशनको तयारीलाई तिब्र पारिएको छ । फोनिजका महासचिब मनोज घर्ती मगरका अनुसार महाधिबेशनमा देशभरका ६० जिल्लाबाट ४ सय ८८ जना प्रतिनिधिहरु सहभागी हुने छन् । संगै बेलायत, अमेरिका, जापान, दक्षिण कोरिया, मलेसिया लगाएतका देशहरुमा रहेका ८ वटा बिदेश शाखा, ८ वटा संस्थागत सदस्य संस्थाहरु, सात प्रदेश समितिको सहभागीता रहने उहाँले जानकारी दिनुभयो । महाधिबेशनमा सहभागी हुने प्रतिनिधिहरु चैत ५ गते साँझ सम्म सौराहा आई सक्ने छन् । सौराहाको थारु सांस्कृतिक घरमा हुने महाधिबेशनले तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन, बिधान संसोधन, हाल सम्म भएका कार्यहरुको समिक्षा एबं भाबी कार्यक्रम र आर्थिक प्रतिबेदन माथि छलफल गर्ने छ ।

    बिधान संसोधन गरि केन्द्रीय समितिको संख्या बढाउने योजनामा रहेको महासचिब मगरले जानकारी दिनुभयो । उहाँका अनुसार पदाधिकारी सहित ३७ सदस्य रहेको अहिलेको समितिलाई ५१ पु¥याउन बिधान संसोधन गर्न लागिएको हो । बिधान संसोधन पछि पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप हुने छ । बिधान संसोधन मार्फत सात प्रदेशमा रहेको समितिलाई उपत्यका बिशेष प्रदेश समिति थप गर्ने र सबै पालिकाहरुमा शाखाहरु खोल्ने तयारीमा फोनिज रहेको उहाँले बताउनुभयो ।

    फोनिजका केन्द्रीय सदस्य राजु चौधरीका अनुसार महाधिबेशन सम्पन्न गर्नका लागि फोनिजले ४२ सदस्यीय मुल आयोजक समिति गठन गरि अधिबेशनको कामलाई तिब्रता दिएको छ । चौधरीका अनुसार महाधिबेशनको उद्घाटन लुम्बिनि प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गर्ने कार्यक्रम रहेको छ । फोनिजको छैठौं महाधिबेशन काठमाडौंमा सम्पन्न भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.