सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बालिका हत्या प्रकरण : न्याय माग्ने महिला प्रहरी नियन्त्रणमा


  •    न्युजभित्तो/२ चैत्र २०७८, बुधबार १२:०२ 
  • विराटनगर,२ चैत। डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्याको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलन गर्ने महिलालाई प्रहरी नियन्त्रणमा लिएको छ । मंगलबार महेन्द्र राजमार्ग अवरुद्ध गरेर आन्दोलन गर्न खोज्ने ८ जना महिलाहरुलाई नियन्त्रणमा लिएको हो ।

    राजमार्ग अवरुद्ध गरेका कारण नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । पक्राउ परेकाहरुमा २ जना युट्युबर पनि रहेको प्रहरी स्रोतले बताएको छ ।

    यद्यपि प्रहरी उपरीक्षक जिसीले युट्युबरको विषयमा आफूलाई जानकारी नभएको बताए । सडक अवरुद्ध गरेका कारण नियन्त्रणमा लिएको बताउँदै उनले मुद्दा चलाउने वा नचलाउने भन्ने विषयमा टुंगो नभएको बताए ।

    न्याय माग्दै आन्दोलनमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ गरेपछि अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् । ‘१८ महिने नानीको बलात्कारपछि हत्या भएको छ, दोषीलाई कडा कारबाही र पीडित परिवारलाई न्याय माग्दै प्रदर्शन गर्दा प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएको छ,’ महिला अधिकारकर्मी शुशीला उप्रेतीले भनिन्, ‘प्रहरीको व्यवहार पीडितमैत्री भएन ।’ उनले न्याय माग्ने महिलाहरुलाई विनाशर्त रिहा गर्नुपर्ने बताइन् ।

    मोरङको सुन्दरहरैंचा नगरपालिका–७ गणेशपुरकी १८ महिने नाबालिकाको बलात्कारपछि हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । गत शुक्रबार साँझ घरबाट हराएकी नाबालिकालाई आफन्तले घर नजिकैको झाडीमा फेला पारेका थिए ।

    गम्भीर अवस्थामा भेटिएकी बालिकाको राति १२ बजे नोबेल मेडिकल कलेजमा मृत्यु भएको थियो । बालिकाको बलात्कारपछि हत्या आरोपमा प्रहरीले आरोपमा स्थानीय २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको थियो । दुई जना दाजुभाइ हुन् ।

    अजय भने सुन्दरहरैंचामा १३ फागुन २०७७ मा दुई वर्षीया बालिकाको अपहरण आरोपमा पक्राउ परेका थिए । आरोप पुष्टि नभएपछि १६ मंसिर २०७८ मा जिल्ला कारागार, मोरङबाट छुटेका थिए । एउटा घटनाबाट उन्मुक्ती पाएको दुई महिनापछि उनकै योजनामा नाबालिकाको बलात्कारपछि हत्या भएको प्रहरीले बताएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.