सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निजामती कर्मचारी सङ्गठनमा कोइराला


  •    न्युजभित्तो/१ चैत्र २०७८, मंगलवार ०७:५१ 
  • काठमाण्डौं, १ चैत । नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठनको सोमबार सम्पन्न दुईदिने ११औँ राष्ट्रिय अधिवेशनले लेखनाथ कोइरालाका अध्यक्षतामा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गरेको छ । उहाँ यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।

    अधिवेशनले उपाध्यक्षमा भवानी दाहाल, रेवन्त गौतम र प्रभास साह, महासचिवः जीवन काफ्ले, उपमहासचिवमा रामचन्द्र अधिकारी, युवाचन्द्र घिमिरे, कृष्णबहादुर केसी र विजया सुवेदी, सचिवहरुमा देवेन्द्र ढकाल, वामदेव ओली, तेजप्रकाश भण्डारी, सूर्यबहादुर कुँवर, पुरुषोत्तम रायमाझी र विष्णुकुमारी अधिकारी र।कोषाध्यक्षमा गणेशप्रसाद आचार्यलाई चयन गरेको छ ।

    मुलुकभरबाट करीब एक हजार प्रतिनिधि सहभागी सो अधिवेशनको गत फागुन २८ गते एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा उद्घाटन गर्नुभएको थियो । विसं २०४७ वैशाख ७ गते सङ्गठनको स्थापना भएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.