सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चिठ्ठा परेको लोभमा फस्दा गुम्यो २९ लाख


  •    न्युजभित्तो/१ चैत्र २०७८, मंगलवार ०७:४७ 
  • काठमाण्डौं, १ चैत । चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको रु २९ लाख रकम गुमेको छ । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यामबाट पीडितलाई रु ९० लाखको चिठ्ठा परेको छ, सुनको सिक्री र दुई लाख पाउण्ड भएको सुटकेस पार्सल पठाएको भन्ने सूचनाका आधारमा लोभिँदा यसरी रु २९ लाख गुमाउनुपरेको हो ।

    उक्त सूचनाको प्रमाण खोज्नेतिर नलागी अरुले भनेको कुरालाई विश्वास गर्दा धेरै मानिस ठगीमा पर्ने गरेका छन् । यो पनि त्यसैको एउटा निरन्तरता हो । विदेशीको नामको ह्वाट्सएपमार्फत चिठ्ठाको सूचना आएलगत्तै पुनः नेपालबाटै प्रताप राना सिंह नामका व्यक्तिले पीडितलाई ह्वाट्स्एपमार्फत फोन गरी पार्सल र चिठ्ठा परेको रकम पाउनका लागि कर तिर्नुनपर्ने भनी भ्रामक सूचना दिए ।

    पीडितले भने रु ९० लाख पाउने लोभमा विभिन्न व्यक्तिको नामको बैंक खाताबाट रु २९ लाख जम्मा गरेपछि ठगीमा परेको पत्ता लागेको प्रहरीले जनाएको छ । यसरी ठगी कार्यमा काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर गाउँपालिका–४ घर भई हाल भक्तपुरको थिमी बस्ने वर्ष ३८ का गम्दीप गौतम रहेको खुल्न आएको मानगरीय अपराध महाशाखाले जनाएको छ ।

    पीडितको जाहेरीका आधारमा उनलाई सोमबार पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसरमा बुझाएको महाशाखाका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.