राप्ती नगरपालिका सामाजिक विकासमा नेपालमै उत्कृष्ट घोषणा
न्युजभित्तो/२९ फाल्गुन २०७८, आईतवार २०:०६
चितवन, २९ फागुन । चितवनको राप्ती नगरपालिका सामाजिक विकासमा नेपालमै उत्कृष्ट घोषित भएको छ । नेपाल नगरपालिका संघले आज २९ औं वार्षिकोत्सवको अवसर पारेर उत्कृष्ट नगरपालिका घोषणा गरेको हो ।
राप्ती नगरपालिकाका मेयर प्रभा बराललाई प्रधानमन्त्री शेरबहादुर देउवाले आज उत्कृष्ट नगरपालिकाको कदर पत्र प्रदान गर्नुभयो । सामाजिक विकासअन्तर्गत शिक्षा, स्वास्थ्य, महिला, ज्येष्ठ नागरिक र बालबालिका पर्दछन् । यस क्षेत्रमा नगरपालिकाले उत्कृष्ट कार्य गरेकाले पुरस्कृत भएको हो ।
नगरपालिकाका मेयर प्रभा बरालले सामूहिक कार्यले मात्र यो उपलब्धि हासिल गर्न सम्भव भएको बताउनुभयो । शिक्षा, स्वास्थ्य, महिला, अपाङ्गता भएका नागरिक, ज्येष्ठ र बालबालिकाका लागि आफूहरुले उत्कृष्ट कार्य गरेको उहाँको भनाई छ ।
राप्ती नगरपालिकाले मेयर बरालको कार्यकालमा १३ वटा स्वास्थ्य चौकी, एउटा अस्पताल र आर्युेवेदिक अस्पताल निर्माण गरेको छ । त्यसैगरी गर्भवती महिलाहरुलाई निःशुल्क एम्बुलेन्सदेखि हेरविचारमा विशेष प्राथमिकता दिएको छ भने ८० वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई घरघरमा स्वास्थ्य परीक्षणको लागि चिकित्सक र स्वास्थ्यकर्मीहरुको टोली पुग्ने व्यवस्था गरेको छ । नगरपालिकाले बालबालिकाहरुको भर्ना दरलाई १०० प्रतिशत बनाएको छ जसको लागि विद्यालयमा खाजा अनिवार्य गर्नुका साथै पोशाकको पनि व्यवस्था गरेको छ । यस्ता आकर्षक कार्यक्रमले बालबालिकाको विद्यालय छाड्ने क्रम घट्न गएको मेयर बरालले जानकारी दिनुभयो । उहाँले वृद्ध र अशक्तहरुले पाउने भत्तालाई बैँकका कर्मचारीहरुमार्फत घरघरमा वितरण गरिरहेका बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, महिला, ज्येष्ठ नागरिक र बालबालिका क्षेत्रमा नगरपालिकाले गरेका कार्यहरुको वास्तविक आधार पेश गरेको बताउँदै उहाँले संघले निष्पक्ष नतिजा ल्याएको बताउनुभयो । उहाँले न्यूजभित्तोलाई भन्नुभयो “सोधिएका सबै विषयमा नगरपालिकाले गरेका कामको वास्तविक विवरणसहितको आधारसहित पेश गरेका थियौं, हाम्रो काम उत्कृष्ट ठहरियो ।”
संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ स्याङ्जाका वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट भएका छन् । यस्तै शहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनतर्फ धादिङको निकलण्ठ नगरपालिका तथा वन वातावरण, जयवायु परिवर्तनतर्फ इलाम नगरपालिका उत्कृष्ट बनेको छ । यस्तै स्थानीय आर्थिक विकासतर्फ सर्लाहीको हरिवन नगरपालिका र सामाजिक विकासतर्फ राप्तीसहित रुपन्देहीको तिलोत्तमा नगरपालिका उत्कृष्ट बनेका छन् ।