सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सत्र विधेयक पारित गर्दै प्रदेश ३को वर्षे अधिवेशन सम्पन्न


  •    /२६ भाद्र २०७६, बिहीबार १७:५० 
  • हेटौँडा । सत्र विधेयक, एक कार्यविधि र एक नियमावली पारित गर्दै प्रदेश ३ प्रदेशसभाको वर्षे अधिवेशन सकिएको छ । आज प्रदेशसभाले पत्रकार सम्मेलन गरी अधिवेशन सकिएको जनाएको हो ।

    वैशाख ३० गतेदेखि भदौ २५ गतेसम्म ५३ घण्टा एक मिनेटसम्म बसेको बजेट अधिवेशनसमेत भनिने सो अधिवेशन समापन गरिएको प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो । अधिवेशन अवधिभर सात नयाँ विधेयक दर्ता भएको, अघिल्लो अधिवेशनको बाँकी नौ विधेयकसमेत गरी कूल १७ विधेयक पारित भएको र हालसम्म प्रस्तुत ४५ विधेयकमध्ये सबै पारित भएर प्रदेश प्रमुखकोमा प्रमाणीकरणका लागि पठाइएकामा ३८ वटा विधेयक प्रमाणीकरण भएर आएको उहाँले बताउनुभयो । सभामुख श्रेष्ठका अनुसार प्रदेशसभाले प्रदेशको स्थायी राजधानी तोक्नेसम्बन्धी कार्यविधि र प्रदेशसभा नियमावली पहिलो संशोधन २०७६ समेत पारित गरेको थियो ।

    अधिवेशनका क्रममा प्रदेशसभा अन्तर्गतका सबै विषयगत समितिले आ–आफ्नो वार्षिक प्रतिवेदन सभामा पेश गरेको, शिक्षा, स्वास्थ्य तथा कृषि समितिले चितवन र सिन्धुली जिल्लामा सञ्चालित सामूहिक चक्लाबन्धी खेती तथा मत्स्यपालन कार्यक्रमको स्थलगत प्रतिवेदन पेश गरेको, प्रदेशसभाले प्रदेशसभा दर्पण भाग दुई प्रकाशित गरेको सो अवसरमा जानकारी दिइएको थियोे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.