सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लमजुङमा घरेलु हिंसा न्यूनीकरण भएन


  •    न्युजभित्तो/२४ फाल्गुन २०७८, मंगलवार १४:१९ 
  • लमजुङ,२४ फागुन। लमजुङमा घरेलु हिंसा न्यूनीकरणका लागि स्थानीय सरकारदेखि प्रहरीले विभिन्न माध्यमबाट प्रयास गर्दै आएतापनि यसमा कुनै कमी आउन सकेको देखिँदैन । गरिबी तथा अशिक्षा, चेतनाको कमी र बेरोजगार, मादक पदार्थ सेवन लगायतका कारण जिल्लामा घरेलु हिंसा बढ्दै गएको पाइन्छ ।

    चालु आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि फागुन महिनाको २३ गतेसम्म ३३ वटा घरेलु हिंसाका मुद्दा प्रहरीमा दर्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जनकराज रेग्मीले बताउनुभयो । उहाँका अनुसार ती उजुरी परेकोमध्ये २६ वटा मिलापत्रमै सीमित भएका छन् । चारवटा अदालती प्रक्रियामा गएको छ भने तीनवटाको काम भइरहेको छ ।

    त्यस्तै, गत आर्थिक वर्ष २०७७÷७८ मा ९२ वटा घरेलु हिंसासम्बन्धी उजुरी परेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीका अनुसार ६० वटा मुद्दा मिलापत्र भएको थियो भने २३ वटाको अदालती प्रक्रिया र आठवटाको काम भइरहेको छ ।

    आर्थिक वर्ष २०७६÷७७ मा कार्यालयमा घरेलु हिंसासम्बन्धी ६१ वटा उजुरी परेका थिए । यसमध्ये ४५ मिलापत्र, ६ अदालती प्रक्रियामा गएको र १० वटाको काम भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै, आर्थिक वर्ष २०७५÷७६ मा घरेलु हिंसासम्बन्धी १२ वटा निवेदन परेको थियो । सो निवेदनमध्ये नौ मिलापत्र भएको र तीनवटाको काम भइरहेको छ । त्यस्तै, आर्थिक वर्ष २०७४÷७५ मा ७९ वटा उजुरी परेको थियो । तीमध्ये ४५ वटा मिलापत्र भइसकेको छ । १२ वटा अदालती प्रक्रियामा गएको र २२ वटाको काम भइरहेको बताइएको छ ।

    त्यस्तै, यस चालु आवको साउनदेखि हालसम्म प्रहरी कार्यालयमा १५ वटा ठाडो उजुरी परेको छ । तीमध्ये १३ वटा मिलापत्र भएको, दुईवटाको काम भइरहेको छ । त्यस्तै, गत आर्थिक वर्ष २०७७÷७८ मा २९ वटा ठाडो उजुरी प्रहरीमा परेको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ । उहाँले भन्नुभयो, “ती उजुरीमध्ये २१ वटा उजुरी मिलापत्र गरेको, दुईवटा अदालती प्रक्रियामा गएको र ६ वटाको काम भइरहेको छ ।”
    आव २०७६÷७७ मा कार्यालयमा १८ वटा ठाडो उजुरी परेकामा ११ मिलापत्र भएको, एक अदालती प्रक्रियामा गएको र ६ वटाको काम भइरहेको छ । २०७५÷७६ मा सबैभन्दा धेरै १२६ वटा ठाडो उजुरीका निवेदन परेकामा ९१ मिलापत्र, २३ अदालती प्रक्रियामा र १२ वटाको काम भइरहेको प्रहरीले जनाएको छ ।

    जिल्लामा घरेलु हिंसा न्यूनीकरण गर्न विभिन्न सचेतना कार्यक्रम, नाटक, पोष्टर वितरण लगायतका क्रियाकलाप गर्दै आए तापनि घरेलु हिंसामा कमी आउन नसकेको प्रहरी निरीक्षक रेग्मीले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.