काठमाण्डौंमा एकै परिवारका पाँच जनाद्वारा विष सेवन, एकको मृत्यु चारजनाको भेन्टिलेटरमा उपचार हुँदै
न्युजभित्तो/२४ फाल्गुन २०७८, मंगलवार ०९:४५
काठमाडौं, २४ फागुन । सुसाईट नोट लेखेर एकै परिवारका पाँच जनाले विष सेवन गरेका छन् । विष सेवन गरेका मध्ये एक जनाको मृत्यु भएको छ भने चार जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ ।
काठमाडौंको रामकोटमा घरभित्र बेहोस अवस्थामा फेला परेलगत्तै प्रहरीले मनमोहन मेमोरियल अस्पतालमा तत्कालै पुर्याएको थियो । उपचारका क्रममा ३३ वर्षीय सुवर्णमान प्रधानको मृत्यु भएको हो। ६२ वर्षीय इन्दिरामाया प्रधान, उनका छोरा ३८ वर्षीय भीममान प्रधान, बुहारी ३५ वर्षीया इन्दिरा प्रधान र नातिनी ११ वर्षीया सुप्रिया प्रधानको अवस्था गम्भीर रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले जानकारी दिनुभयो ।
डल्लु स्थायी घर भएका प्रधान परिवार गत कात्तिकमा मात्र रामकोटमा डेरा सरेका थिए। उनीहरु फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए। घटनास्थलबाट सुसाइड नोट पनि फेला परेको प्रहरीले जनाएको छ। आर्थिक अवस्था बिग्रिएको, विरामी भएको लगायत विषय सुसाइड नोटमा उल्लेख रहेको स्रोतले जनाएको छ ।